जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपालअन्तर्गत ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले तेजबहादुर इजम लिम्बूको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।

भेला मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरको प्रमुख आतिथ्य र केन्द्रीय सचिव सुशील बलम्पाकी, खेम प्रधानको आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष मगरले वैज्ञानिक समाजवाद ल्याउन जस्तोसुकै परिस्थिस्तिको सामना गर्न र त्याग गर्न ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्च लागिपर्नुपर्ने बताए । उनले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।

उक्त भेलाले सचिवमा देवान लिम्बू र सदस्यमा समीर सुनुवार, विकास यानदेन, निशान गुरुङ, तिलकबहादुर राई, सन्तोष गुरुङ, दिलीप गुरुङ, देव लिम्बू, दिनेश आङ्ग्राम, देवेन्द्र आङ्ग्राम, विनिता लिम्बू, कुवेर राई र विजय राईलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :