कम्युनिस्ट समाज निर्माणका समस्या

समाजभित्र अन्तरविरोध हुन्छ । ती अन्तरविरोधहरू के कारणले हुन्छन् भन्ने कुरा सही तरिकाले पत्ता लगाउने र त्यसको समाधान खोज्ने विधि भनेकै बैज्ञानिक समाजवादी विधि हो भन्ने कुरा आजका कम्युनिस्टहरूले सोच्नुपर्छ । धनी र गरिब, पुँजीवादी र सर्वहारा, मालिक र मजदुर, नयाँ र न्यायजस्ता कुराहरू मानव समाजभित्रका मुख्य अन्तरविरोध हुन् । यी सबै अन्तरविरोधको समाधान गर्ने व्यवस्था आजको नेपाली समाजलाई चाहियो । त्यसको सही समाधान कुन व्यवस्थाले गर्न सक्छ भन्ने कुरा हाम्रो नेपाली समाजलाई प्रस्टसँग व्यवहारमा देखाउन आवश्यक छ । मानव समाजलाई गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सूचना राज्यले दिने नीति बनाएर वैज्ञानिक तरिकाले समाजवादलाई परिचालन गर्ने नीति र विधि, संविधानमा राख्नुपर्छ । पैसाको भरमा होइन, नागरिकका बारेमा सही तरिकाले सोच्ने व्यक्तित्वलाई त्यो देशको मुख्य नेतृत्व बनाएर लगे मात्र आजको मानव समाजको अन्तरविरोधको समस्या समाधान गर्न सकिन्छ भन्ने कुरा सम्पूर्ण नागरिकलाई आफ्नो स्वतन्त्र मतद्वारा जनमतसङ्ग्रहबाट समाजको अन्तरविरोध समाधान गर्न सकिन्छ भन्ने आज नेपालको राजनीतिमा प्रस्टसँग देखिएको छ । यसका बारेमा सच्चा कम्युनिस्टहरूले वैज्ञानिक समाजवादबाट मात्र समाजको अन्तरविरोध हल हुन्छ भनेर पुँजीवादी समाजबाट वैज्ञानिक समाज निमार्णको महान् यात्रामा रूपान्तरण गर्नु नै समाजभित्रको अन्तरविरोधलाई सही तरिकाले समाधान गर्ने सकिन्छ भन्ने कुरा बुझाउन सक्छन् र सक्नुपर्छ । किनभने अहिलेसम्मको हाम्रो समाज टुक्रे उत्पान्दन र अर्थकेन्द्रित पुँजीवादी चेतनामा कैद छ । यसको समाधान भनेको निजी सम्म्पत्तिको अन्त्य र सामूहिक उत्पादनप्रणालीको विकास हो । दलाल संसदीय व्यवस्थाले हामी सच्चा कम्युनिस्टहरूलाई मात्र होइन, संसदीय व्यवस्था सही हो भन्ने पार्टीहरूलाई पनि यो व्यवस्था असफल भयो भन्ने पाठ सिकएको देखिन्छ । समाजभित्रको मुख्य अन्तरविरोध पुँजीवादी व्यवस्था हो र यो अन्तरविरोधको समाधान नै वैज्ञानिक समाजवादी व्यवस्थाले गर्छ ।

हाम्रो समाजमा एउटा यस्तो खालको चिन्तन छ जुन चिन्तनले गर्दा हाम्रो समाजभित्र जबरजस्ती रूपमा पुँजीवादी चेतना निर्माण गरिदिएको देखिन्छ । त्यो भनेको आदर्शवादी चिन्तन हो । यो चिन्तनले धनी, गरिब, राजा, महाराजा, जमिनदार, मजदुर, मालिक, दास यी सबै कुरा भगवान्, ईश्वर, अल्लाह, प्रभुहरूले बनाएको खेल हो भनेर हाम्रो मानव समाजलाई दृष्टिभ्रम पारेर जबरजस्ती समाजमा दलाल पुँजीवादी व्यवस्थालाई मानव समाजमा लादेको देखिन्छ । यसका बारेमा पुँजीवादीहरूले मानव समाजलाई काल्पनिक कुराहरू गरेर मान्छेलाई दृष्टिभ्रम पार्दै आफ्नो एकलौटी शासन चलाएका छन् । २१ औँ शताब्दीमा समाजमा गाँजिएको पुँजीवादलाई अन्त्य गर्न भौतिकवादी दृष्टिकोण भएको बैज्ञानिक समाजवादी व्यवस्थाका बारेमा बैज्ञानिक विचार भएको समाजवादी व्यवस्था निर्माण गर्न आजका इमानदार कम्युनिस्टहरूले नेपाली जनतालाई भन्न आवश्यक छ– किन धनी, गरिब, दुखी, सुखी, पुँजीपति, सर्वहारा, तल्लो जात, माथिल्लो जात छ ? यी सबै कुरा किन र कसले निर्माण गरेको हो भन्ने कुरा समाजका अगुवा भन्ने सामन्तहरूले काल्पनिक आदर्शवादी नीति बनाएर समाजमा विरोधाभासपूर्ण कुराहरूलाई बनावटी संस्कार र संस्कृति निर्माण गरेर मानव समाजभित्र पुँजीवादको विकास गरेकाले समाजभित्र पुँजीवाद गाँजिएको छ । यसको मुख्य नीति भएका करणले गर्दा सामन्तवादी भूस्वामित्व कायम गर्न निजी सम्पत्तिको रक्षा गर्नु उसको मुख्य उद्देश्य देखिन्छ । यसको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थाले मत्र गर्छ भन्ने कुरा आज नेपालका संसद्वादीहरूको रबैयाले देखाएको छ । हाम्रो समाजमा पुँजीवाद किन हाबी भएको छ भन्ने कुरा कम्युनिस्टहरूले भन्दै आएका छन् तर यसको वास्तविक गहिराइमा पुगेको देखिँदैन किनभने समाजमा पुँजीवाद किन गाँजिएको हो ? पुँजीवादले मानव समाजलाई किन र कसरि टिकाइरहेको छ ? वैज्ञानिक समाजवादलाई सजिलै तरिकाले पुँजीवादमा पतन गराएको छ भन्नेबारेमा हामी वैज्ञानिक समाजवादका पक्षधर कम्युनिस्टहरूले समाज निर्माण गर्न आफ्नो आन्दोलन लाई नयाँ तरिकाले नयाँ योजना हामिले हाम्रो वर्गलाइ किन भन्दैनौँ ? कम्युनिस्टहरू भन्ने मात्र, समाज निर्माण भन्ने कुरा मात्र भएको छ । जीवन व्यवहारमा पुँजीवादी संस्कार र संस्कृतिमा रमाउनाले नै हाम्रो समाजमा पँुजीवाद गाँजिएको हो । हाम्रो समाजमा पुँजीवाद गाँजिनुका मुख्य दुईवटा कारण ः पहिलो, कम्युनिस्टहरू आफ्नो मार्गदर्शक सिद्धान्तमा अडिक नहुनु र दोस्रो, पुँजीवादी संस्कार र संस्कृतिमा विलय हुनु । यसको अन्त्यका लागि कम्युनिस्टहरू मालेमावादी सिद्धान्तमा मुखले होइन, ब्यवहारबाट नै कम्युनिस्ट सिद्धान्तमा लागेर २१ औँ शताब्दीको कम्युनिस्ट चेतनाको विकास गर्न आवश्यक छ । रुसमा ख्रुस्चेबहरूले ल्याएको संशोधनवादी नीति लागू गर्ने अनि श्रमिक जनतालाई हामी कम्युनिस्ट हौँ भनेर बोली र व्यवहार फरक गरेकाले आज विश्व–कम्युनिस्ट आन्दोलनभित्र पुँजीवाद गाँजिएको देखिन्छ । मानव समाजमा पुँजीवाद किन गाँजिएको हो भन्ने केही कारण छन् : पहिलो कारण मानवसभ्यताको बिकासक्रममा क्यास्पियान र कृष्ण सागरबीचको ककेसस पर्वतशृङ्खला र त्यसको आसपासको भूमिमा बसोबास एवम् जीवनयपन गर्ने ककेसियन मानव समूहकोहरूको समाज देखिन्छ र ती तीन मुख्या शाखाहरू : इन्डो युरोपियन (आर्य), सेमोटिकहरूमा इन्डो–युरोपियन आर्यहरू सिन्धुका दुई किनारमा मेहोन्जोदारो र हडप्पाहरूको उत्पादन शक्ति, उत्पादनका साधन, उत्पादन सम्बन्धबीचमा पैदा भएको अन्तरविरोध वैधानिक समाधानको विचार र विधिको अभाव भएको कारणले मालिक–दास, शोसक–शोषित समाजमा विभक्त भएको देखिन्छ । दासहरूलाइ दमन गर्न मालिकहरूले राज्यका रूपमा विकसित भएको राज्य जुन अर्काको श्रम शोषण गरेर मालिक बन्ने तत्वहरूको राज्य विकास हुँदै आयो । धर्मलाई आफ्नो शोषण व्यवस्था कायम गर्न अमोघ आस्त्रका रूपमा प्रयोग गर्दै जाँदा यो सामाजिक स्तरमा संस्थागत बन्न पुग्यो । यो कुरालाई पुँजीवादीहरूले समाजलाई रङ्गीबिरङ्गी बनाएर मानव समाजलाई जबर्जस्ती पुँजीवादी समाजमा स्थानान्तरण गराएको देखिन्छ । समाजभित्रका यस्ता अन्तरविरोधहरू समाधान गर्न माक्र्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रमा लेख्नुभयो– निजी सम्पत्तिको अन्त्य । यो कुरा आजका कम्युनिस्टहरूले लागू गर्न नसक्नु र अतिरिक्त मूल्यको सिद्धान्तलाई पुँजीवादीहरूले नक्कल गरेर समूह, सहकार्य, कम्युनबाट सिक्दै पुँजीवादको बिकास र वैज्ञानिक समाजवादलाई असफल पार्न कम्युनिस्ट आन्दोलनभित्र आफ्ना दलाल नक्कली कम्युनिस्ट बनाएर घूसपैठ गराएका कारण आज समाजमा पुँजीवाद गाँजिएको देखिन्छ । अर्को कुरा माक्र्सदेखि अहिलेसम्मका सम्पूर्ण कम्युनिस्टहरूले पुँजीवाद खराब हो भनेर लेखेका छन् तर व्यवहारमा लागू गर्न सकेका छैनन् । यसको मुख्य कारण भनेकै कम्युनिस्ट समाज निर्माण गर्न नसक्नु हो । कम्युनिस्टको समाज कस्तो हुन्छ भन्ने व्यवहारमा लागू गरेर सर्वहारा वर्गलाई देखाउन नसकेकाले नै कम्युनिस्ट होइन, पुँजीवादी समाज गाँजिएको देखिन्छ । यसका बारेमा हामी कम्युनिस्टहरूले समीक्षा गरेर वैज्ञानिक समाज निर्माण गर्दै गाँजिएको पुँजीवादको अन्त्य गर्न इमानदार कम्युनिस्टहरू एक ठाउँमा आउन जरुरी छ । पुँजीवादलाई परास्त गर्न समाजमा गाँजिएको पुँजीवादको अन्त्य गर्न २१ औँ शताब्दीमा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद निर्माणको अभियानमा लाग्न आवश्यक छ ।

यसका लागि नेतुत्व र दृष्टिकोणको समस्या हल गर्नुपर्छ । नेतृत्व र दृष्टिकोणका बारेमा विश्वकम्युनिस्ट र नेपाली कम्युनिस्ट आन्दोलनमा ठूल्ठूला बहस भएका छन् । कम्युनिस्ट आन्दोलनमा सकारात्मक नकारात्मक बहसहरू भैराखेको बेला नेतृत्व र दृष्टिकोण भनेको गम्भीर विषय हो । यो धेरै नै संवेदनशील विषय हो किनकि विश्वकम्युनिस्ट आन्दोलनमा मात्र होइन, मानव समाजको विकासदेखि अहिलेसम्मको मानव समाजको इतिहासलाई बुझ्ने, बदल्ने र व्याख्या गर्ने आफैँमा धेरै संवेदनशील विषय छ । जब मानव समूहमा बस्ने चेतनाको विकास भयो त्यो बेलादेखि नै नेतृत्व, दृष्टिकोण र चेतनाले नै सबै कुराको छिनोफानो गरेको देखिन्छ । नेतृत्वको दृष्टिकोण कस्तो छ ? पुँजीवादी छ भने उसले पुँजीवादका बारेमा योजना बनाउँछ । पँुजीवादी व्यवस्था निर्माण गर्नतिर लाग्छ । सिङ्गो विश्वको सम्पूर्ण साधन, स्रोत आफ्नो अधीनमा राख्ने र आफ्ना दलालहरू सम्पूर्ण देशमा राख्दै जाने उसको दृष्टिकोण हुन्छ ।

कम्युनिस्ट दृष्टिकोण भएको नेतृत्वले आजको सङ्कट पुँजीवादी अर्थराजनीतिक सम्बन्धका कारणले पैदा भएको हो र यसको निकास राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा देखिएको असफलता र जनताको अग्रगामी चाहनाका बीचमा पैदा भएको अन्तरविरोध एवम् सङ्घर्षका कारण देखापरेको हो । यसको निकास वैज्ञानिक ढङ्गले दिनसक्ने नेतृत्व नै वैज्ञानिक समाजवादी दृष्टिकोण भएको नेतृत्व हो । एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्ने नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवसँग छ । यसको सही निकास नेपाल कम्युनिस्ट पार्टीले ल्याएको योजना जनमतसङ्ग्रहको चुनावबाट वैज्ञानिक समाजवाद नै हो .। गताङ्कबाट क्रमशः

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :