नेकपा कैलालीले गर्यो भ्रष्ट र बन तस्करलाई कारबाही गर्ने घोषणा

नेकपा कैलालीले गर्यो भ्रष्ट र बन तस्करलाई कारबाही गर्ने घोषणा

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले माघ १० गते केही सञ्चारमाध्यममा आएको जिल्लामा चन्दा आतङ्क मच्चाएको भन्ने समाचार प्रायोजित, भ्रामक र कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

विज्ञप्ति जारी गर्दै नेकपाले कैलालीले भनेको, ‘मिडियामा प्रसारित भएको समाचारप्रति जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । शान्तिप्रक्रियालाई नै बिथोल्ने गरी पार्टीले लिएको पुरानो सहयोगलाई आधार बनाई गरिएको यो कुप्रचार गलत र भ्रष्ट तत्वद्वारा गलत नियत र उद्देश्यले गरिएको ठहर हाम्रो पार्टीले गरेको छ ।’

बन तस्कर, भ्रष्ट र कमिसनखोरहरूका एकएक काला कर्तुतहरू सार्वजनिक गर्ने र जनकारबाहीको दायरमा ल्याउने घोषणासमेत नेकपा कैलालीले गरेको छ ।

पत्रकारिताका नाममा खेतीपाती गर्ने मिडियाहरूले पार्टीलाई बदनाम गर्न खोजेको नेकपाले प्रस्ट पारेको छ । भजनीको लक्ष्मी सामुदायिक बन, सयपत्री सामुदायिक बनलगायत बनहरूमा रक्सी खाएको तीन/चार लाखका बिलहरूसमेत मिलाएको, कर्मचारीसँग मिलेर कटान क्युफिट कम गरेर देखाएको लगायत अनियमितता भएको पाइएको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :