सङ्खुवासभा र धनकुटाका किसान क्रान्तिकारी आन्दोलनमा

काठमाडौँ : सङ्खुवासभा र धनकुटाका किसान क्रान्तिकारी किसान आन्दोलनमा लामबद्ध बनेका छन् ।

यसैक्रममा सङ्खुवासभाको मादी नगरपालिकामा १५ सदस्यीय अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी निर्माण गरिएको जानकारी प्राप्त भएको छ ।

जिल्ला पार्टी सचिव युवराज राई, जिल्ला पार्टी सदस्य हरि चापागाईं, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र ढकाल ‘प्रतिरोध’, केन्द्रीय सदस्य पासाङ तामाङको उपस्थितिमा गठित समितिको अध्यक्षमा कुसुम लोप्चन तामाङ, सचिवमा सनमान लोप्चन तामाङ, कोषाध्यक्षमा प्रेमबहादुर मोक्तान रहेका छन् भने सदस्यहरुमा सूर्य तामाङ, प्रेम गोले, मानबहादुर गोले, दलबहादुर गोले, कृतिमान गोले, सङ्गीता मोक्तान, सलमान मोक्तान, बुद्धिमान गोले, लालबहादुर गोले, चन्द्रा मोक्तान र इन्सान राई रहेको बताइएको छ ।

यसैगरी धनकुटामा पनि अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको जिल्ला भेला आयोजक समिति गठन गरिएको छ ।

टेकबहादुर माझीको संयोजकत्वमा सोभित माझी, राजन भण्डारी, प्रकाश मगर, लगनकुमारी माझी, एकान्त कार्की, दिपेन राई, विनोद मगराती, रामकुमार राई सदस्य रहेको भेला आयोजक समिति गठन गरिएको हो ।

अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र ढकाल ‘प्रतिरोध’, धनकुटाका जिल्ला पार्टी सचिवालय सदस्य ध्रुव थापा र रणकुमार राईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको समचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :