कोरोनाका कारण जनगणतान्त्रिक सम्पर्क मञ्चको राष्ट्रिय सम्मेलन स्थगित

कोरोनाका कारण जनगणतान्त्रिक सम्पर्क मञ्चको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन कोरोना भाइरस सङ्क्रमणको प्रकोपका कारण स्थगित भएको छ । मञ्चका अध्यक्ष रत्न मगरले विज्ञप्ति जारी गरी कोरोनाको प्रकोपका कारण सम्मेलन स्थगन गरिएको सूचना सार्वजनिक गरेका हुन् । मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन यही माघको ८ र ९ गतेका लागि तय गरिएको थियो ।

अध्यक्ष रत्न मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलन यही २०७८ माघ ८ र ९ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णयसहित ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भैसकेको सन्दर्भमा अहिले विश्वभर र नेपालमा पनि कोभिड १९ (ओमिक्रोन) ले जनताको स्वास्थ्य अवस्थमा गम्भीर असर पारिरहेको सन्दर्भले गर्दा हाललाई हाम्रो जनप्रिय सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलन स्थगित गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ । साथै कोभिड १९ (ओमिक्रोन) को अवस्था सरल भएपछि हाल स्थगित गरिएको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिने बेहोरा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :