कञ्चन गाउँपालिकामा युवाहरूको भेला सम्पन्न

कञ्चन गाउँपालिकामा युवाहरूको भेला सम्पन्न

रुपन्देही : नेकपा रूपन्देही ३ नं. कमाण्डको अभियान जारी छ । कमाण्ड अन्तर्गत पुस २७ गते कञ्चन गाउँपालिकामा युवाहरूको भेला सम्पन्न भएको छ । भेलाले विष्णु कँडेलको अध्यक्षतामा ७ सदस्यीय कञ्चन गाउँपालिका वडा नं. ३ गौरीमा टोल इकाई कमिटी गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला सदस्य एवम् कमाण्ड सेक्रेटरी नवीनले युवाहरू दलाल पुँजीवादी राज्यसत्ताको दास हुन नहुने भन्दै एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादी प्राप्तिका लागि क्रान्तिमा सङ्गठित हुनुपर्ने बताए ।

भेलामा युवाहरूले आफ्नो अनुभूतिहरू समेत राखेका थिए । ३ नं. कमाण्डले आफ्नो क्षेत्रमा अभियान सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :