युवा संगठन नेपाल केन्द्रिय अभियान अन्तरगत भेलासहित कमिटी गठन

युवा संगठन नेपाल केन्द्रिय अभियान अन्तरगत भेलासहित कमिटी गठन

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भब्य रुपले सफल पारौं भन्ने मूल नाराका साथ सुरु गरिएको युवा संगठन नेपाल केन्द्रिय अभियान टिम नम्बर ४ ले सिराहाको धनगढीमाई नगरपालिका १२ भेलासहित कमिटी गठन गरेको छ ।

तुलसीराम सत्यभामा मा.वि. मा रिङकु सिन्हाको अध्यक्षतामा ६५ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को मूल इकाई कमिटी गठन गरिएको छ । विद्यालयको विद्यार्थीहरुको भेलामा युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य विचारमान, युवा संगठन नेपालका केन्द्रिय सदस्य अविनास लगायतको उपस्थिति रहेको थियो । भेलामा अविनासले जहानिया राणा शासनको विरुद्धमा ४ जना सहिदहरुले फासीमा झुन्डिन तयार नभएको भए आज स्कुलमा बालबालिका विद्यार्थी पढ्न पाउने थिएन भन्दै सत्यको पक्षमा बोल्न डराउनु नहुने बताए । सबैखाले आन्दोलन र क्रान्तिमा सहिदहरुको रगत बगाएको स्मरण गर्दै जनयुद्धमा पनि दिल बहादुर रम्तेलहरुले रगत नबगाएको भए गणतन्त्र नेपाल हुँदैनथ्यो उनले भने, `गणतन्त्र नेपालमा लुटतन्त्र मच्चायो त्यो अलग कुरा हो तर हाम्रो सपना त्यो थिएन ।`

त्यसैले अबको एकीकृत जनक्रान्तिमा पनि विद्यार्थीहरुले साथ दिन अपिल गरे ।
आफूहरुको लडाई सत्यको पक्षमा रहेको र निशुल्क, शिक्षा, निशुल्क स्वास्थ्य मौलिक अधिकार रहेको र जनतालाई निशुल्क लागू नगरी जनतालाई ढाटिरहेको र दलाल संसदिय व्यवस्था जनतालाई ढाट्ने र लुट्ने व्यवस्था रहेकाले अब जनताको वैज्ञानिक समाजवादी व्यवस्था जनमत संग्रहबाट स्थापना गरिनु पर्ने बताए ।

साथै उक्त विद्यालय हाताभित्र अभियान टोलिले सरसफाइ कार्यक्रम पनि सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :