अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघद्वारा श्रमिक विरोधी गतिविधि नगर्न आग्रह

अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघद्वारा श्रमिक विरोधी गतिविधि नगर्न आग्रह

काठमाडौंः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय पेशागत संघ अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले काठमाडौंले गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक लोत्से बहुउद्देश्यीय प्रा.लि.लाई प्रेस विज्ञप्ति मार्फत श्रम ऐन विपरीत कुनै पनि खाले गतिविधि नगर्न नगराउन चेतावनी दिएको छ ।

अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका केन्द्रीय कार्यवाहक अध्यक्ष लाल बहादुर तामाङले प्रेस विज्ञप्ती जारी गरी यस्तो चेतावनी दिएका हुन् । 

साथै २०५० सालदेखि नयाँ बसपार्क गोंगबुमा स्वरोजगार मजदुरी गर्दै आएका अमर बहादुर केसीलाई लोत्से बहुउद्देश्यीय प्रा.लि.का व्यवस्थापकबाटै बारम्बार आक्रमण हुने, कुटपिट हुने, गुण्डागर्दी हुने, ज्यान मार्ने धम्की दिने लगाएतका गतिविधि भएको र अन्य यातायात श्रमजीवी मजदुरहरुमाथि पनि मानसिक र भौतिक किसिमको शोषण गर्दै आएकोप्रति अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले गम्भीर आपत्ति जनाएको छ । अमर बहादुर केसी यातायात संगठनका काठमाडौं जिल्ला सचिवालय सदस्य समेत रहेका छन् । विज्ञप्तिमा भनिएको छ, श्रमजीवी मजदुरहरूमाथि हुने अन्याय अत्याचार रोक्न, मजदुर स्वतन्त्रता, हकहित, अधिकार र मजदुरको आवाजलाई संगठित र सम्मान गर्न कुनैपनि किसिमको कदम चाल्न संगठन पछि नहट्ने विज्ञप्तिमार्फत सूसुचित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :