अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दैलेखको सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दैलेखको सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दैलेखको प्रथम सम्मेलन आज गुँरास गाँउपालिका वडा नं.५ को स्यालभैरीमा सम्पन्न भएको छ।
वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारका लागि जनमत सँग्रह भन्ने नारा सहित शुरु भएको प्रथम सम्मेलनका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी दैलेखका सेक्रेटरी दिपेन्द्रले संसारलाई आफ्नो श्रम र पसिनाले सुन्दर बनाउने श्रमिक वर्गको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था नै भएको बताए । अहिले कायम रहेको व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको उल्लेख गर्दै यो व्यवस्थाले जनतालाई भ्रष्टाचार ,राष्ट्रघात र जनघात सिवाय अरु दिन नसक्ने ठोकुवा गरे । नेपालमा देखिएको वर्तमान राजनीतिक संकटको समाधान सँसदीय व्यवस्थाको निर्वाचनले गर्न नसक्ने भएकाले व्यवस्था चुन्ने जनमत सँग्रहको नीति आफुहरुले अगाडि सारेकोमा जोड गरे ।

प्रथम जिल्ला सम्मेलनका विशेष अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघ केन्द्रीय समिति सचिव डिल्ली ओलीले श्रमजीवी वर्गको श्रम शोषण गर्ने दलाल सँसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनको लागि सम्पूर्ण श्रमजीवी वर्ग एकजुट हुनु पर्ने बताए । श्रमजीवी वर्गको अधिकारका लागि जनमत सँग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेकोमा जोड दिए ।

नेकपा दैलेखका सदस्य विश्व,साधारणशाखा सेक्रेटरी सागर, नेकपा दैलेखका सदस्य प्रकाश, नेकपा दैलेखका सदस्य क्रान्ति, नेकपा दैलेखका सदस्य सघर्ष, नेकपा दैलेखका सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन केन्द्रीय समिति सदस्य दुर्गा सिजापतिले शुभकामना मनतव्य राखेका थिए ।

नेकपा दैलेखका सदस्य परिवर्तनको अध्यक्षतामा भएको सम्मेलको सञ्चालन बम बडुवालले र स्वागत मन्तव्य विराटले राखेका थिए ।सम्मेलनबाट कमरेड परिवर्तनको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । सम्मेलनमा प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :