अखिल नेपाल शिक्षक संगठन रूपन्देहीद्वारा पाठकको स्मृतिमा शोकसभा

अखिल नेपाल शिक्षक संगठन रूपन्देहीद्वारा पाठकको स्मृतिमा शोकसभा

रुपन्देही : अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकको पिता लिलाम्बर पाठकको दुःखद निधन भएको छैठौँ दिनका दिन अखिल नेपाल शिक्षक संगठन, रुपन्देहीले आदरणीय बुबाको स्मृतिमा शोक सभा कार्यक्रम सम्पन्न गरेको छ ।

शोक सभामा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले मृतक बुबा एक असल अभिभावक भएको र कम्युनिस्ट आन्दोलनमा विभिन्न तह र तप्काका नेताहरूलाई घरपरिवारमा खाना खुवाउने, सेल्टर दिने जस्ता सहयोगी भूमिका निभाएको हुँदा उहाँको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा सम्मानित बुबाको निधनले सिङ्गो शिक्षक संगठन मर्माहत भएको बताउँदै बुबाको निधनले परिवारमा पर्न गएको अपुरणिय क्षतिप्रति गहिरो समवेदनासहित मृतक बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

कार्यक्रम अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रेशम चालिसेको अध्यक्षता र सचिव दीपक बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :