सैनामैनाको गढवामा रहेको विवादित जग्गा नेकपाले संरक्षण गर्ने

सैनामैनाको गढवामा रहेको विवादित जग्गा नेकपाले संरक्षण गर्ने

सैनामैनाः रूपन्देहीको सैनामैना ५ गढवामा अवस्थित कित्ता नं.२६८ अन्तर्गतको ३ कट्ठा १६ धुर जग्गा नेकपाले आफ्नो संरक्षण रहने बताएको छ ।

उक्त जग्गा विगतदेखि नै गाउँ समाजले भोगचलन गर्दै आएको र हालमा आएर केही जग्गा दलालहरुले हडप्ने कोसिस गरिरहेकोले उक्त जग्गा पार्टीको संरक्षणमा रहने नेकपा जिल्ला सेक्रेटरी विश्वासले बताए ।

उक्त जग्गा स्थानीय गाउँलेहरुले नै भोगचलन गर्ने गरि स्थानीयको पहलकदमीमा पार्टीले संरक्षण गर्ने निर्णय गरिएको नेकपा सैनामैना सेक्रेटरी बर्षाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :