दैलेखको गुँरास गाँउपालिकामा नेकपाको जनसभा सम्पन्न

दैलेखको गुँरास गाँउपालिकामा नेकपाको जनसभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज गुँरास गाँउपालिका वडा नं. ४ को घोडाबासमा जनसभा कार्यक्रम सम्पन्न गरेको छ ।

वैज्ञानिक समाजवादका लागि जनमत सँग्रह र जनसम्बन्ध सुदृढ अभियानको क्रममा भएको जनसभा कार्यक्रममा प्रमुख अतिथि नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले सँसदीय निर्वाचनले अहिले देखिएको राजनीतिक संकटको समाधान दिन नसक्ने ठोकुवा गरे ।

नेपालमा भएका सँसदीय निर्वाचनबाट दलाल, भष्टाचारी र कमिसनखोरहरुले चुनाव जितेर देश लुटेको उल्लेख गर्दै जनतालाई लुट्ने ब्यवस्थालाई बलियो बनाउने सँसदीय निर्वाचनको विकल्पमा जनतालाई अधिकार सम्पन्न बनाउने वैज्ञानिक समाजवादी ब्यवस्थाको लागि जनमत सँग्रह गरिनु पर्नेमा जोड दिए । देउवा सरकारले राष्ट«घाती एमसीसी सँसदबाट पास गरेमा सरकारले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । देश बचाउन सबै सच्चा कम्युनिस्टहरु, देशभक्त शक्ति र सच्चा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनपर्नेमा जोड दिए ।

कार्यक्रमा नेकपा दैलेखका सदस्य तथा गुँरास गाउँ समिति इन्चार्ज विश्वले पनि मनतव्य राखेका थिए । नेकपा दैलेखका सदस्य विराटको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दैलेखका सदस्य तथा आठविस नगर समिति इन्चार्ज प्रकाश, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुदर्शन, नेकपा दैलेखका सदस्य तथा ठाँटीकाध गाउँ समिति इन्चार्ज क्षितिज लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा दैलेखका सदस्य क्रान्ति र स्वागत मन्तव्य बम बडुवाले राखेका थिए ।कार्यक्रममा प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :