अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर संघ चितवनको इकाई भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर संघ चितवनको इकाई भेला सम्पन्न

चितवन : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगत अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर संघको इकाई भेला सम्पन्न भएको छ । शनिबार भरतपुर १० हाकिमचोकस्थित ठेला रिक्सा भेलाले नन्द किसोर सिंहको संयोजकत्वमा २९ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला इन्चार्ज हुकुम खड्काले अहिलेको परिस्थितिमा मजदुर वर्गमाथि राज्यले विभिन्न शोषणका श्रम ऐन लादेकोले यसमा मजदुर वर्गको रक्षाका लागि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ निरन्तर सङ्घर्षमा रहेको र वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सम्पूर्ण श्रमजीवी वर्ग उभिन जरुरी रहेको बताए ।

उक्त कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक ओम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :