जनपत्रकार सङ्गठन नेपाल बागलुङको दोश्रो बैठक सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल बागलुङको दोश्रो बैठक सम्पन्न

बागलुङ : जनपत्रकार सङ्गठन नेपाल बागलुङको जिल्ला समितिको दोस्रो बैठक आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सफल पार्न जुट्ने लगायतका विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

बुधबार बागलुङमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसङ्गति, पत्रकार महासंघभित्रका ज्यादतीका विरुद्ध सङ्घर्ष गर्ने र विशेष गरी आगामी मात्र ११, १२ र १३ गते बुटवलमा हुने सङ्गठनको केन्द्रीय चौथो राष्ट्रिय सम्मेलनलाई लक्षित गरी व्यापक तयारीमा जुट्ने सहितका निर्णयहरू गरेको छ ।

उक्त कार्यक्रम जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य केवी गाउँलेको अध्यक्षता र अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टी बागलुङ नगरपालिका इन्चार्ज अविरल साथै कार्यालय सचिव क्रान्तिले सम्बोधन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको दलालीकरण प्रवृत्तिका विरुद्ध सशक्त सङ्घर्ष गरिने र जनपक्षीय पत्रकारितामार्फत, मिसन पत्रकारितामार्फत एकीकृत जनक्रान्तिको कार्यदिशा हुँदै वैज्ञानिक समाजवाद स्थापनाका लागि जनपत्रकार सङ्गठनले ऐतिहासिक महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । वर्तमान अवस्थामा रहेको दलाल संसदीय व्यवस्थाको अन्त्यका लागि जसरी पार्टीले अघि सारेको जनमतसङ्ग्रहको कार्यनीतिलाई आम जनतामाझ लगेर समाजवादी जनमत निर्माण गर्न अभियानकर्ताका रुपमा काम गर्न अपिल गरेका हुन् ।

त्यसैगरी कार्यक्रममा केन्द्रीय सदस्य केवी गाउँलेले बैठकमा जनपत्रकार सङ्गठन नेपालको पाचौँ पुन बैठकमा भएको सर्कुलरबारे प्रष्ट पार्दै पत्रकारिता क्षेत्रको सीमा र मर्यादाभित्र रहेर जनता, जनतन्त्र र जनजीविकाको सवालका समस्याहरूलाई उजागर गरी आम आवजविहीन समुदायको पक्षमा बोल्ने सङ्गठनको रुपमा स्थापित गर्नु हाम्रो पहिलो दायित्व रहेको उनको भनाई थियो । उनले थप्दै भने, ‘अहिलेको परिस्थितिमा नजिकिँदै गरेको सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनलाई नै उत्कृष्ठ र भव्यताका साथ सम्पन्न गर्न तयारीमा लाग्ने निर्देशनसहितको मन्तव्य राख्दै बैठकको समापन गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :