सिरहाको गाउँगाउँमा सङ्गठन सुदृढ तथा विस्तार अभियान तिव्र

‘अब युवाहरूले नै क्रान्तिको नेतृत्व गर्नुपर्ने बताउँदै गाउँगाउँ युवाहरू’

सिरहाको गाउँगाउँमा सङ्गठन सुदृढ तथा विस्तार अभियान तिव्र

सिरहा : जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान २०७८ युवा सङ्गठन नेपाल केन्द्रीय अभियान ४ नम्बर टोलीले सिरहा जिल्ला कल्याणपुर नगरपालिका –७ रम्पुरा टोलमा सोमकुमार शाहको संयोजकत्वमा १३ सदस्यीय टोल इकाई कमिटी गठन गरिएको छ । रम्पुरादेखि रम्पुरा बजार हुँदै भेडिया भरीसम्म मार्च पास सम्पन्न भएको थियो ।

रम्पुरा बजारको भेलामा पुर्व सभासद तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिव रामकुमार पासवान, युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर टोली प्रमुख बिचारमान, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तेज लामालगायत ४ नम्बर टिमका केन्द्रीय सदस्यहरू, जिल्ला सस्दयहरू, अभियानका सदस्यहरूको उपस्थिति रहेको थियो ।

भेलामा सम्बोधन गर्दै बिचारमानले संसदीय चुनावमा जनतालाई भोट नहाल्न अपिल गरे । उनले संसदीय व्यवस्था पुँजीवादी दलालहरूको रहेको कारण त्यो चुनावमा भोट नहाल्न आग्रहसमेत गरे । यस्तै तेजले युवाहरूको उपस्थिति उल्लेख्य रहेकोमा खुशी व्यक्त गरे । अब युवाहरूले नै क्रान्तिको नेतृत्व गर्नुपर्ने बताउँदै गाउँगाउँ युवाहरू सङ्गठनमा उत्साहपूर्वक जोडिन आएको पनि बताए । उक्त कार्यक्रमको सञ्चालन असलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :