इलाममा युवा सङ्गठनको सङ्गठन बिस्तार तिब्र

इलाममा युवा सङ्गठनको सङ्गठन बिस्तार तिब्र

इलाम : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको “जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत २ नम्बर अभियान टोलीले इलाममा आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

चुलाचुली गाउँपालिकाबाट माई नगरपालिकामा प्रवेश गरेको उक्त अभियानले माई नगरपालिकाको वडा नं. ७ को पाण्डव टोलमा विशाल लिम्बुको संयोजकत्वमा ४ सदस्यीय युवा सङ्गठन नेपालको टोल समिति निर्माण गरेको छ । त्यस्तै सोही टोलमा सरिता मगरको नेतृत्वमा ९ सदस्यीय अनेमसंघ क्रान्तिकारीको टोल समिति निर्माण गरिएको जानकारी युवा सङ्गठन नेपालकी केन्द्रीय सदस्य तथा अभियान टोली सदस्य प्रेरणा रोकायाले बताइन् ।

सङ्गठन निर्माणकै क्रममा अभियान टीमले माङसेबुङ गाउँपालिका वडा नं. ३ स्थित डुम्रेमा दिनेश राईको संयोजकत्वमा ३ सदस्यीय टोल समिति गठन भएको छ, भने सोही गाउँमा नै दिलमाया राईको नेतृत्वमा ९ सदस्यीय अनेमसंघ क्रान्तिकारीको टोल समिति गठन भएको छ ।

यस्तै जिल्लाको माई नगरपालिका वडा नं. ८ कलकत्तेमा प्रवीण राईको नेतृत्वमा ९ सदस्यीय र वडा नं. ६ को खैरेनीमा मोहन लिम्बुको अध्यक्षतामा ९ सदस्यीय युवा सङ्गठन नेपालको टोल समिति चयन भएको छ ।

अभियान टीमले सङ्गठन सुदृढ तथा विस्तारसँगै माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाभित्र राष्ट्रियता, जनजीविका, लागुऔषध दुव्र्यसनी, बेरोजारी लगायतका मुद्दा केन्द्रित ८० भन्दा बढि भित्तेलेखन गरेको छ, भने सयौँ स्थानीय जनतासँग छलफल तथा भेटघाटलाई पनि पेचिँलो बनाउँदै लागिएको कुरा अभियान टोली नम्बर २ का प्रमुख दीपले बताए । अभियान टोली एक महिना इलाममा नै रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :