युवा सङ्गठनको दुई महिने पूर्वी अभियानको महत्व

युवा सङ्गठनको दुई महिने पूर्वी अभियानको महत्व

नेपाली युवाहरूको जुझारु एवम् गौरवशाली सङ्गठन युवा सङ्गठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सम्पन्न गरेर०७८ मङ्सिर महिनाको १२—१३ गते गैँडाकोटमा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक अध्यक्ष कमरेड पाटनको अध्यक्षता र नेकपाका महासचिव कमरेड विप्लवको प्रमुख आतिथ्यमा बस्यो । आदरणीय महासचिव कमरेड विप्लवले पार्टीका आगामी कार्ययोजना र युवाहरूबाट पार्टीले गरेको अपेक्षाबारे आफ्नो भनाइ राख्नुभयो । महासचिवको निर्देशन केन्द्रीय समितिले लागू गर्नु,नेपाली युवा नगरिकलाई हामीले एकीकृत जनक्रान्तिमा सङ्गठित गर्नु र हाम्रो काँधमा नयाँ जिम्मेवारी थपिनु अनिवार्य थियो । बैठकले पार्टीले लिएको जनमतसङ्ग्रहको कार्यक्रमलाई जनतासम्म लैजानु, जनतालाई वैज्ञानिक समाजवादी व्यवस्था चुन्ने अधिकारका लागि जनतालाई सङ्गठित र गोलबन्द गर्नु विशेषतःयुवाहरूको भूमिका स्वाभाविक महत्वपूर्ण थियो र बैठकले राजनीतिक कार्य, साङ्गठनिक कार्य, सङ्घर्ष, आर्थिक, प्रचारलगायत महत्वपूर्ण विषयमा पदाधिकारीमा गहन छलफल भयो र केन्द्रीय समितिले पनि छलफल ग¥यो ।अहिलेको आवश्यकता सङ्गठनलाई विशेष जोड दिनु पर्दछ । सङ्गठनात्मक हिसाबले सङ्गठनलाई सुदृढ र विस्तार गर्नसिङ्गो सङ्गठनलाई गाउँ र जनस्तरमा होम्नुपर्ने आवश्यकता ठानी केन्द्रीय समितिका सदस्य कमरेडहरूको आधा सङ्ख्यालाई अभियानमा जोड्यौँ । ७७ वटै जिल्लाबाट सङ्ख्या निर्धारण गरी केन्द्रीकृत रूपले पूर्वका आठ जिल्लालाई केन्द्र बनाई अभियानमा पठाउने निर्णय भयो । हामीले अभियानको नाम ‘जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ दियौँ जसले सङ्गठनात्मक हिसाबले उपलब्धि होस् र क्रान्तिलाई अझ सशक्त बनाउन सकियोस् ।केन्द्रीय समितिले बनाएको योजना वस्तुवादी र वैज्ञानिक थियो । दुईमहिने अभियानबाट हामीले पूर्वमा चुनौतीलाई चिर्दै सङ्गठनमा उपलब्धि हासिल गर्नेछौँ भन्ने विश्वास लिएका छौँ ।


नेपालको परिवर्तनकारी आन्दोलनमा लामो समय जनता र युवाहरूलेपटक—पटक सङ्घर्षमा भाग लिए ।परिवर्तनकारी आन्दोलननमा ठूला— ठूलाबलिदानहरू भए र राणा, पञ्चायत र राजतन्त्रको अनत्य पनि भयो आंसिक उपलव्धीहरू पनि भए तर जनताको हातमासत्ता हुन सकेन जनताको सङ्घर्षले मुट्ठी भरका नेताको जिवनमा त धेरै उपलब्धिहरू भए गाडी नहुनेले गाडी पाए, महल नहुनेले महल पाए, पैसा नहुनेले पैसा पाए आदि सवैमा नेताहरूले व्यक्तिगत लाभ लिन पुगे जनतालाई सडकमै छोडेर आफू अनुकुलको समाजवादको नारा दिन थाले कम्युनिस्ट विचार आदर्श त्यागेर नवसंसोधनवादका पहरेदार हुन पुगे र संसदिय फोहोरी राजनितिका भजन गाउन थाले । खास गरि महान जनयुद्धले जनताका लागि उठाएका मुद्दाहरूवाट प्रचण्ड, वावुराम क्रान्ति र कम्युनिस्ट विचारवाट स्खलित हुन पुगे, क्रान्तिका नायकप्रतिक्रान्तिका नायक वन्न पुगे, क्रान्तिलाई विसर्जन गरे, नेपाली जनताको आशा र भरोसामा कुठाराघात गरे, सहिदको रगतमा होली खेले र मालेमावादको आधारभूत वर्गदृष्टिकोणलाई समेत तिलाञ्जली दिएर नवसंशोधनवाद र सुधारवादमा पौडी खेल्दै आत्मसमर्पणको बाटो रोज्न पुगे । क्रान्तिको अधुरो कार्यभार पूरा गर्न महासचिव कमरेड विप्लवको नेतृत्वमा कम्युनिस्ट पार्टी बन्यो । एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण भयो जो मौलिक वस्तुवादी र वैज्ञानिक छ । कार्यकर्ताको उच्च मनोबल छ । जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । पार्टी अबको वैकल्पिक शक्तिका रूपमा स्थापित हुँदै गएको छ । पार्टी जनताको आशा र भरोसाको केन्द्र बन्दै छ । थप पार्टी र जनताबीचको सम्बन्धलाई प्रगाढ वनाउन र जोड्न युवाहरूको काँधमा नयाँ जिम्मेवारी थपिएको छ ।

दुईमहिने पूर्वी अभियानमा हाम्रो सङ्गठनले राजनीतिक उद्देश्य पूरा गर्न निम्न प्रकारका काम गर्नु पर्दछ :

पहिलो : जनमतसङ्ग्रहबाट आफ्नो व्यवस्था चुन्नका लागि जनता र युवाहरूलाई जनमतसङ्ग्रहका विषयमा राम्रोसँग प्रशिक्षित पार्नुपर्दछ ।
दोस्रो : जनमतसङ्ग्रह केका लागि र किन ? आमनागरिकलाई राम्रोसँग बुझाउनुपर्छ र बौद्धिक व्यक्तित्व, कर्मचारी र राजनीतिक पार्टीका इमानदार व्यक्तिहरूसँग अन्तरक्रिया, छलफल गर्नुपर्दछ ।
तेस्रो : दलाल संसदीय व्यवस्थाको व्यापक भन्डाफोर र यसका असफलताका कारण र खराबी जनतालाई सरल पाटोबाट बुझाउनुपर्छ ।
चौथो : जनमतसङ्ग्रहबाट जनतालाई वैज्ञानिक समाजवाद चुन्ने अधिकार हुने हुँदा वैज्ञानिक समाजवादले जनतालाई दिने अधिकारका विषयमा नागरिकलाई स्पष्ट पार्नुपर्दछ ।
पाँचौँ : दलाल संसदीय व्यवस्था रहेसम्म बेरोजगार बढ्ने, लाखौँ युवा विदेश पलायन हुने हुन्छ । देशमा युवाहरूको उचित खालको रोजगार, वैज्ञानिक व्यवस्थापन वैज्ञानिक समाजवादले मात्र दिने हुँदा वैज्ञानिक समाजवादका लागि गोलबन्द हुन युवाहरूलाई युवा सङ्गठनमा आबद्ध हुन आह्वान गर्नुपर्दछ ।
छैटौँ : युवाहरूलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगिन र छुटाउन विशेष पहल गर्नुपर्दछ ।
सातौँ : राष्ट्रघाती एमसीसी सम्झौता रद्द गराउन र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि युवा र नागरिकलाई सङ्घर्षमा उत्रिन अपिल गर्नुपर्दछ ।

राजनीतिक उद्देश्य पूरा गर्न सङ्गठनले पूर्वी नेपालमा चलाएको अभियानले जनमतसङ्ग्रहको नारालाई व्यापक रूपले जनतामाझ लग्नुपर्छ । जनतालाई गोलबन्द गर्नुपर्छ । जनमतसङ्ग्रहको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना हुने र त्यो नै जनताको आफ्नै व्यवस्था हुने कुरालाई व्यापक रूपले जनतामाझ भन्नुपर्दछ । अर्को, अहिलेको असफल संसदीय व्यवस्थाको व्यापक रूपले भन्डाफोर गर्ने, एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतासँग जोड्ने र जनतालाई पार्टीप्रति विश्वस्त बनाउँदै लगेको छ । यसले हाम्रो उद्देश्य र उपलब्धि राम्रै रहने विश्वास लिएका छौँ ।

अभियानको साङ्गठनिक उद्देश्य

हामीले एकीकृत जनक्रान्तिमा जसरी युवाहरूको सहभागितालाई व्यापक र सशक्त वनाउने लक्ष्य लिएका छौँ, त्यो सही छ । क्रान्ति जित्नका लागि सबैको सहभागिता त चाहिन्छ नै तर खास युवाहरूको सहभागिता निर्णायक हुन्छ । क्रान्तिलाई विजयमा पु¥याउने शक्ति पनि युवा हो । एकीकृत जनक्रान्ति युवा लक्ष्ाित कार्यदिशा हो तर यसमा अरूको भूमिका कम हुन्छ भन्ने होइन । क्रान्तिका लागि सचेत पहलबाट युवाहरूलाई गोलबन्द गर्नु हाम्रो सङ्गठनको मुख्य भूमिका हुन आउँछ । हामीले जति क्रान्तिकारी सङ्गठन निर्माणमा तीव्रता दियौँ र हजारौँ–लाखौँ युवा आन्दोलनमा सहभागी बनायौँ भने श्रमिक जनताको जित सुनिश्चित छ । त्यो सम्भव छ । पूर्वी नेपालमा चलेको हाम्रो अभियानले सङ्गठनात्मक हिसाबले हामी धेरै उपलब्धि हासिल गर्न सक्छौँ । सङ्गठनको लक्ष्य एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवाद— साम्यवादसम्म पुग्नु हो । राजनीतिक हिसाबले हामीले जति उचाइ प्रदान गरेका छौँ, त्यही हिसाबमा साङ्गठनिक उचाइ पनि हामीले प्रदान गर्नुपर्दछ ।
१२९ औँ माओ दिवसको अवसर पारेर पुस ११ गते उदयपुर जिल्लाको गाईघाटमा हाम्रो सङ्गठनले ‘जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सुरु गरेको छ नेकपाका सचिवालय सदस्य कमरेड विषमको प्रमुख आतिथ्य र सङ्गठनका अध्यक्ष कमरेड पाटनको अध्यक्षतामा । पार्टी केन्द्रीय सदस्य कमरेड ओम पुन, पूर्वमा कार्यरत पार्टीका केन्द्रीय सदस्य कमरेडहरू दीपेश, निर्मल, बलवान, विवेक, सुमनको उपस्थितिमा अन्तर्राष्ट्रिय गीत गायन र पटका पट्काएर भव्य रूपले अभियान उद्घाटन भएको छ र यो अत्यन्त सफल हुँदै अघि बढिरहेको छ ।


हाम्रो सङ्गठनले आठ जिल्लामा अभियान सञ्चालन गर्ने गरी दुईवटा मुख्य टिम बनाएको छ : सङ्गठनकी महासचिव कमरेड विदुषीको नेतृत्वमा चारवटा जिल्ला र सङ्गठनका सचिव कमरेड तिलकको नेतृत्वमा चारवटा जिल्ला छनोट भएका छन् । चारवटा अभियान टोली प्रमुख कमरेडहरूलाई जिम्मा दिइएको छ । इलाम र झापा कमरेड दीप, सुनसरी र मोरङ कमरेड भुवन, उदयपुर र ओखलढुंगा कमरेड आकाश, सिराहा र सप्तरी कमरेड विचारमानलाई तोक्ने काम भएको छ । कमरेडहरू उत्साहका साथ आफ्नो कार्यक्षेत्रमा परिणाम निकाल्ने सङ्कल्पका साथ लागिरहनुभएको छ । हामीले सङ्गठनमा धेरै उपलब्धिहरू हासिल गर्नु छ । चुनौतीहरू पनि छन् । सम्भावना पनि देखिएका छन् । त्यसैले साङ्गठनिक उद्देश्य प्राप्त गर्नका लागि निम्नप्रकारका कामहरूमा ध्यान दिनुपर्दछ :
पहिलो : उमेरसमूहका प्रत्येक नागरिकलाई युवा सङ्गठनमा आबद्ध गर्नुपर्छ र सदस्यता वितरणलाई व्यापक बनाउनुपर्दछ ।
दोस्रो : गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाहरूमा सङ्गठनका समितिहरु अनिवार्य बनाउनुपर्दछ ।
तेस्रो : अभियान अवधिभर सोही जिल्लाहरूका सम्मेलन र भेलामार्फत जिल्ला समितिहरुलाई पूर्णता दिनुपर्दछ ।
चौथो : सङ्गठनले सदस्यतामा लिएको लक्ष्यमा पूर्ण रूपले सफलता हासिल गर्नुपर्दछ । सङ्गठित सदस्यलाई

योजनाअन्तर्गत नियमित बैठक, प्रशिक्षण, स्कुलिङ र सङ्घर्षमा सहभागी बनाउँदै लैजानुपर्दछ ।
अन्तिममा दुईमहिने अभियानले राजनीतिक र साङ्गठनिक क्षेत्रमा पूर्वमा प्राप्त नभएका उपलब्धिहरू हासिल गर्नेछ । पार्टीको विचार र कार्यक्रमलाई तल जनतासम्म लैजाने र सङ्गठनमा पूर्णता प्राप्त हुनेछ । आगामी दिनहरूमा क्रान्तिका लागि सङ्गठनमा युवाहरूको सहभागितालाई जोड्न थप सङ्गठनले अभियानात्मक कामहरूलाई अगाडि बढाउनेछ ।

(लेखक युवा सङ्गठन नेपालका उपाध्यक्ष हुन्– सम्पादक) ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :