अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ चितवनको इकाई भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ चितवनको इकाई भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ आवद्ध अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ चितवनको इकाई भेला सम्पन्न भएको छ । मजदुर जागरण अभियान अन्तर्गत मङ्गलबार चितवनको नारायणगढमा गुरास लामाको नेतृत्वमा ३३ सदस्यीय भेला आयोजक इकाई कमिटी गठन गरेको छ । नवनिर्वाचित कमिटीलाई प्रमुख अतिथि ध्रुव खड्काले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला विशेष कमिटी सदस्य तथा जवस प्रमुख ध्रुव खड्का, अतिथि अखिल नेपाल ट्रेड युनियन महासङ्घ चितवन जिल्ला इन्चार्ज हुकुम, अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य राजकुमार, चितवन जिल्ला सदस्य तथा वडा नं. २ इन्चार्ज कुमार विक रहेका थिए भने कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासङ्घ चितवनका संयोजक ओम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :