नेकपा उदयपुरद्वारा सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिव्रता

नेकपा उदयपुरद्वारा सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिव्रता

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियानलाई तिव्रता दिइरहेको छ । उक्त अभियानमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनहरूको पनि निर्माण गरिएको छ ।

युवा सङ्गठन नेपालले पुर्वी नेपालमा सञ्चालन गरिरहेको जनमतसङ्ग्रहको लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान अन्तरगत ३ नम्बर टोलीको टिम ‘ए’ ले सोमबार त्रियुगा नगरपालिका ७ तोरीवारी उदयपुरमा प्रकाश बस्नेतको संयोजकत्वमा युवा सङ्गठन नेपाल टोल इकाई कमिटी, त्रियुगा नगरपालिका ७ कै आपचौरीमा खेलराज कार्कीको संयोजकत्वमा ५ सदस्यीय युवा सङ्गठन नेपाल टोल कमिटी, त्रियुगा नगरपालिका ७ आपचौरी उदयपुरमा जानुका कार्कीको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी टोल कमिटी, टेकबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय अखिल नेपाल किसान महासंघ टोल कमिटी गठन गरेको छ भने भित्तेलेखन तीब्र गरेको छ ।

कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य सङ्कर भुजेल, पार्टी नगर कमिटी इन्चार्ज मीनप्रसाद पोख्रेल लगायत जिल्लाका नेताकार्यकर्ता र अभियान टोलीको उपस्थिति रहेको थियो ।

त्यस्तै अभियान अन्तर्गत ३ नम्बर टोली टिम ‘बी’ ले रौतामाई गाउँपालिकामा जनताहरूसँग एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमार्फत जनमतसङ्ग्रहमा जानका लागि जनतासँग भेटघाट छलफल गरि विभिन्न ठाउँमा भित्तेलेखन गरिएको छ । कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बसन्त, पार्टी रौतामाई गाउँपालिका इन्चार्ज मानबहादुर दनुवार लगायत जिल्लाका नेताकार्यकर्ता र अभियान टोलीको उपस्थिति रहेको थियो ।

त्यसैगरी अभियान अन्तरगत ३ नम्बर टोलीको टिम ‘सी’ ले सोमबार बेलाका नगरपालिका ८ सिसौलीमा डम्बरबहादुर तामाङको संयोजकत्वमा १३ सदस्यीय युवा सङ्गठन नेपाल टोल कमिटी, लिला तामाङको संयोजकत्वमा १७ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) टोल कमिटी, सन्तोष यादवको संयोजकत्वमा ७ सदस्यीय भुमिहीन सुकुम्बासी सङ्गठन टोल कमिटी गठन गरेको छ । त्यस्तै बेलाका नगरपालिका ९ धौरिमा देबराज कार्कीको संयोजकत्वमा ९ सदस्यीय युवा सङ्गठन नेपाल टोल कमिटी गठन गरेको छ । कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तिलक योगी, केन्द्रीय सचिवालय सदस्य तथा तीन नम्बर अभियान टोली प्रमुख हरि बस्नेत, युवाका केन्द्रीय सदस्यहरू बिबेक, कबिता, अजय र पार्टी नगर सेक्रेटरी पुर्ण तामाङ, रिता राई लगायत जिल्लाका नेताकार्यकर्ता र अभियान टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :