इलाममा महान् सहिद टेकबहादुर एक्तेनको समाधीमा पुगे युवाहरू

इलाममा महान् सहिद टेकबहादुर एक्तेनको समाधीमा पुगे युवाहरू

इलाम : इलाम जिल्लामा सञ्चालित युवा सङ्गगठन नेपालको “जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” का अभियन्ता युवाहरू इलाम जिल्लामा जनयुद्धका क्रममा साहदत प्राप्त गर्ने महान् योद्धा टेकबहादुर एक्तेन ‘आशिष’ को समाधी स्थल पुगेको छ ।

आज इलाम जिल्लाको माइ नगरपालिकास्थित वार्ड नं. ६ मा राखिएको एक्तेनको समाधी स्थलमा युवाहरूले सरफाई गरेपछि मौन धारण गर्दै उहाँको सम्मानमा कम्युनिस्ट पार्टीको झण्डासमेत गाडेका थिए । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका इलाम जिल्ला सेक्रेटरी मौसम, अभियान टोलीका प्रमुख विष्णु जि.सि ‘दीप’, पार्टीका माइ नगर इन्चार्ज अर्जुन, जिल्ला सदस्य विमल आचार्य, माइ नगर सेक्रेटरी रुद्र खातीलगायत अभियान टोलीका सदस्यहरू सहभागी भएका थिए ।

कार्यक्रममा टेकेबहादुर एक्तेन ‘आशिष’ को चर्चा गर्दै पार्टीका सेक्रेटरी मौसमले उहाँ निक्कै साहसी र इमान्दार नेता भएको बताए । उनले एकीकृत जनक्रान्तिमा इमान्दार भएर जनतामा प्रस्तुत हुँदै दलालहरू विरुद्ध निर्ममतापूर्वक लड्दा मात्र उहाँप्रतिको सच्चा सम्मान् हुने बताए । यस्तै उक्त कार्यक्रममा अभियान टोली प्रमुख दीपले इलाममा टेकबहादुर एक्तेन ‘आशिष’ जस्तो महान् योद्धाको रगत बगेको हुनाले यो धर्तीले एकीकृत जनक्रान्तिमा महत्वपूर्ण योगदान गर्न सक्ने सामर्थ राखेको अनुभूति राखे ।

टेकबहादुर एक्तेन ‘आशिष’ लाई तात्कालिन शाही नेपाली सेनाले २०६१ साउन २१ गते बिहान घर भेटघाटमा आएको मौका छोपी कायरतापूर्वक हत्या गरेको थियो । उहाँ त्यस समय पुर्व क्षेत्रका लोकप्रिय युवा नेता हुनुहुन्थ्यो भने युवाहरूको बीचमा प्रिय र साहसी छविको हुनुहुन्थ्यो । उहाँको जन्म २०३४ सालमा भएको थियो २७ वर्षकै उमेरमा साहदत्त प्राप्त गर्नु भएको थियो । उहाँको परिवार इलामको माइ नगरपालिकामा दुःख गुजारा गरेर बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :