चितवनमा म्याजिक इकाई भेला सम्पन्न, संयोजकमा कुमाल

चितवनमा म्याजिक इकाई भेला सम्पन्न, संयोजकमा कुमाल

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ चितवन जिल्ला अन्तर्गत म्याजिक इकाई भेला सम्पन्न भएको छ । सोमबार चितवनको गोन्द्राङमा सम्पन्न भेलाले हिमाल कुमालको संयोजकत्वमा ३१ सदस्यीय कमिटी गठन गरेको छ ।

प्रमुख अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनका इन्चार्ज हुकुम खड्काले असङ्गठित हुँदा यातायात मजदुरहरूलाई प्रशासनले बारबार दुःख दिएकोले अब सङ्ठगित हुँदै प्रतिवाद गर्नुपर्ने बताए ।

भेलामा प्रमुख अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनका इन्चार्ज हुकुम खड्का, अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य राजकुमार मगर थिए भने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनका संयोजक ओम लामिछानेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :