अनेम संघ (क्रान्तिकारी) इलामको जिल्ला भेला सम्पन्न

अनेम संघ (क्रान्तिकारी) इलामको जिल्ला भेला सम्पन्न

इलाम : नेकपा निकट अनेम संघ (क्रान्तिकारी) इलामको जिल्ला भेला आइतबार सम्पन्न भएको छ । विश्व सर्वहारा वर्गका नेता माओत्सेतुङको १२९ औँ जन्म जयन्तीको अवसरमा आयोजित उक्त भेलाले मुना कार्कीको नेतृत्वमा जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ ।

भेलामा पार्टीका जिल्ला सचिव मौसम, जिल्ला कार्यालय सचिव अबिनाशलगायत माओ दिवसमा शुभकामना आदानप्रदान गर्न आउने जिल्लाका नेता कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो । भेलामा प्रमुख अतिथिको रुपमा आएका मौसमले महिलाहरू क्रान्तिमा अनिवार्य रुपमा आउनुपर्ने बताए । उनले जिल्लामा महिलाहरू तिब्र रुपमा जोडिन थालेको बताउँदै यो क्रान्ति हुने सङ्केत भएको बताए ।

पार्टी कार्यालयमा आयोजित भेलाले माओ जयन्तीलाई शुभकामना आदानप्रदान गरी कमरेड माओत्सेतुङको योगदानको चर्चा गर्दै भव्य रुपमा मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :