शुभकामना आदानप्रदान गर्दै सुर्खेतमा १२९ औँ माओ दिवस मनाइयो

शुभकामना आदानप्रदान गर्दै सुर्खेतमा १२९ औँ माओ दिवस मनाइयो

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको आयोजनामा १२९ औँ माओ दिवस भव्य रुपमा सम्पन्न भएको छ । नेकपा सुर्खेत जिल्ला सेक्रेटरी ध्रुवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुर्खेत जिल्ला इन्चार्ज एटम रहेका थिए ।

प्रमुख अतिथि इन्चार्ज एटमले २६ डिसेम्बर १८९३ मा जन्मिनु भएका माओ मार्क्सवाद–लेनिनवादका सच्चा अनुयायी हुनुहुन्थ्यो र माओ विश्व कम्युनिस्ट आन्दोलनको एउटा महान् नेतृत्वकर्ता भएको बताए । उनले उत्पीडित वर्ग, समुदाय, क्षेत्र र खासगरी चीनमा लामो समयसम्म जनवादी क्रान्ति सम्पन्न गरि तत्कालिन सत्तालाई वैज्ञानिक समाजवाद–साम्यवादतिर उन्मुख गराउन सफल माओको योगदान उल्लेखनीय रहेको बताए । माओको योगदानलाई सम्मान गर्दै उच्च स्मरणका साथ माओको विचारलाई अङ्गिकार गरेर एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाँझ घनिभूत ढङ्गबाट जानुपर्ने इन्चार्ज एटमले उल्लेख गरे ।

कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, विरेन्द्रनगर नगरपालिका इन्चार्ज यमराज खड्का, जिल्ला कमिटीका नेताकार्यकर्ता र जवस मोर्चाका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका नेताकार्यकर्ता र शुभचिन्तकहरूले एक आपसमा शुभकामना आदानप्रदान गर्दै माओ दिवस मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :