माओ दिवसको अवसरमा अखिल (क्रान्तिकारी) द्वारा मैत्रीपुर्ण फुटसल सम्पन्न

माओ दिवसको अवसरमा अखिल (क्रान्तिकारी) द्वारा मैत्रीपुर्ण फुटसल सम्पन्न

अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको आयोजनामा १२९ औं माओ दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण फुटसल बालुवाटार काठमाडौँमा सम्पन्न गरेको छ ।

केन्द्रिय सचिवालय सदस्य र केन्द्रिय सदस्य बीच भएको उक्त फुटसलमा केन्द्रिय सचिवालय सदस्यहरुको टिम १३ का विरुद्ध १७ गोल गरेर विजय भएको हो । केन्द्रिय सदस्यहरुको टिमले १३ गोल गरेको थियो । केन्द्रिय सचिवालय सदस्यहरूको टिमबाट अध्यक्ष प्रकाश शाहीले ३ गोल, उपाध्यक्ष नरेन्द्र विश्वकर्माले ५ गोल, महासचिव मिलन राईले ७ गोल, सचिवालय सदस्य मदन केसीले २ गोल गरेका थिए भने केन्द्रिय सदस्यहरुको टिमबाट रविन केसीले २ गोल, महेश अधिकारीले ४ गोल, प्रेम सिजापतिले ४ गोल, आभासले २ गोल, नविनले १ गोल गरेका थिए ।

फुटसल सम्पन्नपछि संगठनका अध्यक्ष प्रकाश शाहीले छोटो प्रतिक्रिया दिदै माओले सधैँ युवाहरूलाई प्रेरणा, हैसला दिएकोले अर्थात माओले संसारभरी क्रान्तिकारी विचार, आदर्श, चेतना फैलाएर सबै कम्युनिस्ट क्रान्तिकारी हरुलाइ गोलबन्द गरेकोले उहाँको सम्मान र सम्झनामा यो कार्यक्रमको आयोजना गरेको बताए । साथै युवाहरू सबै हिसाबले स्वस्थ राख्न तथा भावनात्मक एकता कायम गर्न फुटसल प्रतियोगिताको आयोजना गरेको बताए ।

यस्तै संगठनका उपाध्यक्ष नरेन्द्र विश्वकर्माले माओको योगदानलाई कदर गर्दै ,माओको निर्देशन लाई अनुसरण गर्न ,विजयको सन्देश दिन, शारीरिक हिसाबले स्वस्थ रहन तथा माओप्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै फुटसलको आयोजना गरेको बताए ।

यस्तै संगठनका महासचिव मिलन राईले सम्बन्धलाई मजबुत बनाउन र खेलकुदले स्वास्थ्यलाई तन्दुरुस्त बनाउने भएकोले तथा माओको सम्मान र स्मरणमा फुटसल आयोजना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :