मकवानपुरमा १२९ औं माओ जन्म जयन्तीको अवसरमा दुई महिने अभियान उद्घाटन

मकवानपुरमा १२९ औं माओ जन्म जयन्तीको अवसरमा दुई महिने अभियान उद्घाटन

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले विश्व सर्वहारा वर्गका महानायक माओको १२९ औं जन्म दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अभियान उद्घाटन कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रम हेटौँडास्थित पार्टीको जिल्ला सम्पर्क कार्यालयमा भएको हो ।

माओको जन्म दिवसको अवसरमा आयोजित कार्यक्रममा सबैले एक आपसमा अबिर लगाई शुभकामना आदानप्रदान गरेका थिए । साथै नेकपा मकवानपुरले लंग मार्च अभियानका नायक माओत्सेतुङको जन्म जयन्तीकै अवसर पारेर पार्टी भूगोलको अभियान पनि उद्घाटन गरेको छ ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले माओको १२९ औं जन्म जयन्तीको साथै अभियान सफलताको शुभकामना दिएका छन् । चिनियाँ कम्युनिस्ट क्रान्तिका महानायक माओ नेपाली कम्युनिस्ट क्रान्तिका लागि प्रेरकको श्रोत भएको बताए । जसरी उनले चीनमा लङ्ग मार्च अभियान सफल बनाएका थिए त्यस्तै हाम्रो देशमा कम्युनिस्ट क्रान्ति सफल पार्न संगठन विस्तार अभियानलाई निरन्तरता दिनुपर्ने बताए । यसै अनुरूप वैज्ञानिक समाजवादको लागि जन एकता, संगठन सुदृढ तथा विस्तार अभियान २०७८ नामक अभियान सञ्चालन गरिएको बताए । दुई महिनासम्म चल्ने उक्त अभियानको मुख्य उद्देश्य वैज्ञानिक समाजवादको पक्षमा जनमत तयार गर्ने बताएका छन् ।

जिल्ला इन्चार्ज नयन, सेक्रेटरी वाटर र विशेष कमिटी सदस्य बादलको नेतृत्वमा तीन अभियान टोली छुट्याएको छ। यसरी छुट्टिएको अभियान टोली जिल्लाका चारै दिशामा पुग्ने जानकारी दिएको छ ।
जिल्ला सेक्रेटरी वाटरको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन हेटौँडा नगर सेक्रेटरी सुर्य अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :