१२९औ माओ दिवसको अवसरमा दाङमा युवा संगठन नेपालको अभियान उद्घाटन

१२९औ माओ दिवसको अवसरमा दाङमा युवा संगठन नेपालको अभियान उद्घाटन

 

दाङः दाङमा १२९ औँ माओ दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङको अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

जनमत संग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय समिति सदस्य एवम् दाङका इन्चार्ज शितलले माओ दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै सर्वहारा श्रमजीवी वर्गका महान नेताको माओत्सेतुङको बारेमा चर्चा गरेका थिए। उनले माओ विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्वकर्ता भएको, उत्पीडित वर्गको मुक्तिका लागि विश्वभरी कम्युनिस्ट आन्दोलन छेडेको र चिनमा जनवादी क्रान्ति सम्पन्न गरि सत्तालाई वैज्ञानिक समाजवाद साम्यवादतिर उन्मुख गराउने कदमहरुको खुलेर चर्चा गरे ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रवादी शक्तिहरुलाई केन्द्रित गर्दै जापानी साम्राज्यवादलाई धुलो चटाउन सफल माओ भएको नेता शितलले बताए ।
एक फरक प्रसंगमा नेता शितलले देशमा साम्राज्यवादीहरुले हमला गरिरहेको बताए । उनले विभिन्न एमसीसी लगायतका राष्ट्रघाती सन्धीसम्झौता मार्फत नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्दै र नेपाललाई साम्राज्यवादले रणमैदानको रुपमा प्रयोग गर्न खोजिरहेको शितलको भनाइ थियो । उत्पीडित वर्गले क्रान्तिको बत्ती बाल्नुपर्ने नेता शितलको आह्वान थियो । उनले भने, `चिनियाँ जनताहरु जब चिनमा जर्याकजुरुक्क उठे बादशाहहरु घोडाबाट पछारिए, नेपालमा उत्पीडित जनसमुदायले पनि मुठ्ठीभर शासकहरुका विरुद्ध संघर्ष छेड्नुपर्छ ।`

उनले दलाल संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिकारी युवाहरुको अभियान केन्द्रित हुने धारणा राखे । राष्ट्रियता, जनतन्त्र, जनजीविका र सामाजिक विकृती र विसंगतिका विरुद्ध संघर्ष गर्न र पार्टीले लिएको प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको कार्यनीति जनतालाई सुसूचित गर्न जनतामा उत्साहपुर्ण ढंगले जान नेता शितलको आग्रह थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले नेपाली जनताको अधिकार सुनिश्चित गर्ने निर्विकल्प बाटो एकीकृत जाक्रान्तिको बाटो भएको जिकिर गरे । उनले युवा अभियानले क्रान्ति, परिवर्तन र मुक्तिको सन्देश दिनुपर्ने बताए । युवाहरुलाई राज्यले भोट बैंकको रुपमा प्रयोग गरेको, योजनाबद्ध ढंगले कुलतमा फसाएर दलाल राज्यव्यवस्थाले युवाको जीवन अस्तव्यस्त पारेको बताउदै नेता प्रदिपले वैज्ञानिक समाजवादमा युवाहरूलाई अनिवार्य उत्पादनमा जोडेर श्रमबाट आत्मनिर्भर र समृद्ध देश निर्माणमा जोडिने बताए । सम्पूर्ण मुक्तिकामी युवाहरुले देश र जनताको मुक्तिका खातिर एकपटक एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुको विकल्प नरहेको नेता प्रदिपको भनाइ थियो ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै युवा संगठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज बिरेन्द्रले राजनीतिक विकृती विसंगतिका विरुद्ध क्रान्तिकारी युवाहरुको अभियान केन्द्रित हुने बताए । उनले नेपालमा सबै समस्याको कारण दलाल सत्ता भएकाले भ्रष्ट सत्ताका विरुद्धमा भीषण संघर्ष छेड्न युवाहरुलाई अपिल समेत गरे ।
संगठन सुदृढ तथा विस्तार अभियानको उद्घाटन मैनबत्ती बालेर कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवम दाङका इन्चार्ज शितलले गरेका थिए ।
कार्यक्रममा नेकपा दाङका कार्यालय सदस्य एवम् घोराही नगर इन्चार्ज निर्मल, संगठनका केन्द्रिय सदस्य एवम् दाङका इन्चार्ज मनोज, सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय, नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य विवेक, जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाशको आतिथ्य रहेको थियो ।

युवा संगठन नेपालका सहसचिव अजयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय सदस्य जिवनीले गरेकी थिइन् भने सहजीकरण संगठनका जिल्ला सचिव सुदर्शनले गरेका थिए ।

अभियान उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) परित्याग गरि तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी यज्ञ बहादुर थापाले नेकपामा प्रवेश गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :