नेकपाद्वारा बारा/पर्सामा १२९ औँ माओ दिवस मनाइयो

नेकपाद्वारा बारा/पर्सामा १२९ औँ माओ दिवस मनाइयो

वीरगञ्ज : देशैभरि विभिन्न रचनात्मक कार्यक्रम गरी माओ दिवस मनाइरहेको बेला नेकपा बारा/पर्साले पनि १२९ औँ माओ दिवस मनाइएको छ । आइतबार वीरगञ्जको पत्रकार महासंघको सभा हलमा १२९ औँ माओ जयन्तीका सन्दर्भमा आयोजित कमरेड माओका योगदान विषयक विमर्श कार्यक्रम गरि मनाइएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बारा/पर्सा जिल्ला इन्चार्ज गुणराज लोहनीले माक्र्सवादका ३ सङ्गठक अङ्गमा माओको योगदान र वर्तमान विश्व परिवेशमा माओवादको सान्दर्भिकताका विषयमा व्याख्या गरेका थिए । यसैगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वैजनाथ ठाकुरले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय अध्यक्ष शंघप्रसाद थारूलगायतका अतिथिहरू थिए ।

कार्यक्रमको अध्यक्षता पर्सा जिल्ला सेक्रेटरी गणेशले गरेका थिए भने सञ्चालन राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य निरज शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :