नेकपा चितवनद्वारा १२९ औँ माओ दिवस मनाइयो

नेकपा चितवनद्वारा १२९ औँ माओ दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनले १२९ औँ माओ दिवसको अवसरमा बृहत कार्यक्रमसहित माओको स्मरण गर्दै माडी नगरपालिका वडा नं. ९ बाँदरभुलामा सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियानको उद्घाटन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सन्देश पाैडेलले बाँदरभुलाबासी जनतालाई लालपुर्जा दिन्छौँ भन्नेहरू नै राज्यका अङ्ग परिचालन गरी दमन गरेको आरोप लगाएका छन् । उनले दमनविरुद्ध हामी सशक्त ढङ्गले लडिरहेको र सुकुम्बासीहरूका समस्या समाधान गर्न आफू सहिद बन्न तयार भएको बताउँदै माओप्रति श्रद्धासुमन व्यक्त गर्दै माओको चर्चा गरे । यस्तै विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार हरि सापकोटाले सिङ्गो नेकपा एमाले मदन भण्डारीको आदर्शबाट च्युत हुँदै गएकोले विप्लव नेतृत्वको नेकपाप्रति आकर्षण बढ्दै गएको हुँनाले आगामी दिनमा सच्चा कम्युनिस्टहरूको नेतृत्व विप्लवले गर्ने बताए ।

सो कार्यक्रममा सभापति जिल्ला सेक्रेटरी मिनप्रसाद, प्रमुख अतिथि जिल्ला इन्चार्ज सन्देश, विशेष समितिका सेक्रेटरी महेश, विशेष समिति सदस्य ध्रुव, रुद्र भट्टराई अतिथि सामना परिवारका आरोह, पूर्व जनमुक्ति सेना रुवेन प्रजा थिए । कार्यक्रमको सञ्चालन महानगर इन्चार्ज विजयले र स्वागत मन्तव्य माडी इन्चार्ज बुद्धिले गरेका थिए भने सामना परिवारले गीत, नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :