नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलको वार्षिक साधारण सभा सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलको वार्षिक साधारण सभा सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । विश्व सर्वहारा वर्गका महान नेता क. माओको १२९ औं जन्म जयन्तीको पूर्वसन्ध्यामा आयोजित उक्त साधरण सभामा जुममार्फत विभिन्न देशबाट नेपाली जनप्रगतिशील मोर्चाका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो । कोरोनाको पाचौ लहरका कारण जनप्रगतिशील मोर्चा पोर्चुगलका नेतृत्व र लिस्वनस्थित टिमहरुको मात्र भौतिक उपस्थिती र अन्य सबै सहभागीलाई जुममार्फत जोडिएको थियो ।

उक्त सभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्दै भने, ुनेपालमा दलाल पुँजीवादी संसदिय व्यवस्थाले सर्वत्र रुपमा संकट खडा गरेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकामा देखिएका समस्या, सामाजिक भेदभाव, भ्रष्टाचार र अन्य विकृतिहरुलाई अहिलेको व्यवस्थाले हल गर्न सक्दैन । अन्य सबै दलले नयाँ कुरा गर्छौ भने पनि सारमा उनीहरुसँग नयाँ केही छैन । त्यसैले हाम्रो पार्टीले वैज्ञानिक समाजवादको अवधारणा अगाडि सारेका छ । हाम्रो देशको लागि अहिले सबैभन्दा उत्तम व्यवस्था यो नै हो ।
अहिले नेपाली युवा युवतीहरु विदेशी बजारमा श्रम बेच्न बाध्य भएको र धेरै दुख कष्ट सहन परेको भन्दै उनले यसरी विदेशिने क्रम देश स्वाधिन र सम्पन्न भएपछि मात्र रोकिने बताए । त्यसको लागि तपाईहरु पनि अभियानमा लाग्नु पर्छ, भूमिका निर्वाह गर्नु पर्छ । त्यही अभियानको रुपमा हाम्रो पार्टीले यो साधारण सभालाई बुझेको छ उनले भने ।

उक्त सभालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य तथा अन्तरराष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला कञ्चनले भने, विगतमा नेपालको सामन्तवादी राजतन्त्रको अन्त्यको लागि तपाइहरुले ठूलो भुमिका खेल्नु भएको थियो । नेपालको महान जनयुद्धले उठाएको नयाँ जनवादी व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादमा जाने बाटोमा विविध बाधा आएपनि अहिले हाम्रो पार्टीले वैज्ञानिक समाजवादको लागि अभियान चलाइरहेको छ । त्यसको लागि फेरी तपाईहरुको भूमिका महत्वपुर्ण हुन्छ ।

फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारीले साधारण सभामा शुभकामना व्यक्त गर्दै भने, नेपाली जनप्रगतिशील मोर्चाले राम्रा र जनमुखी काम गरिरहेको जानकारी आफुलाई रहेको र दुतावासले त्यहाँको विशिष्टतामा के कस्तो सहयोग गर्नुपर्ने हुन्छ हामी सहकार्य गरेर सामाधान गर्नेतर्फ अगाडि बढौला ।

उक्त सभामा नेपाली जनप्रगतिशिल मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, मोर्चा मध्यपूर्व अधिवेशन आयोजक समितिका संयोजक रमेश गिरी, मोर्चा अमेरिकाका अध्यक्ष विश्व शाह, प्रवासी नेपाली एकता मन्च पोर्तुगलका अध्यक्ष मदन लिम्बु, नेपाली समाज पोर्चुगलका महासचिव इश्वर पाण्डे, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, महिला समाज पोर्चुगलकी अध्यक्ष माया पौडेल खनाल, मोर्चा मलेशियाका सल्लाहकार बिस्फोट मगर र जापानका अध्यक्ष निराजन गैरेले शुभकामना मन्तव्य दिएका थिए ।

मोर्चाका अध्यक्ष पूर्ण विकको अध्यक्षतामा सम्पन्न साधारण सभामा भौतिक तथा भर्चुअल रुपमा उपस्थित सबैलाई मोर्चाका उपाध्यक्ष टंक खड्काले स्वागत गरेका थिए भने सन्चालन महासचिव प्रदिप अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :