नेकपा कञ्चनपुरद्वारा १२९ औँ माओ दिवस सम्पन्न

नेकपा कञ्चनपुरद्वारा १२९ औँ माओ दिवस सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले १२९ माओ दिवसको उपलक्ष्यमा पार्टी कार्यालय महेन्द्रनगरमा शुभकामना आदानप्रदान गर्दै माओ दिवस सम्पन्न गरेको छ ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ ले सम्बोधन गर्दै महान् नेता माओले देखाएको बाटोलाई अनुसरण गर्दै एकीकृत जनक्रान्तिलाई सफल पार्ने प्रण गरेका हुन् । उनले हामीले विभिन्न आरोह अवरोहका बीच नयाँ संश्लेषणसहित नयाँ कार्यदिशा एकीकृत जनक्रान्ति तय गरी विद्यमान अवस्थाको हाम्रो देशको दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न अनिवार्य रहेको बताए । अबका दिनहरूमा समाजवादी आन्दोलनलाई झन् सशक्त बनाएर लग्ने कुरा राख्दै इन्चार्ज महानले सबैलाई शुभकामना दिए ।

सो कार्यक्रममा जिल्ला र जनवर्गीय सङ्गठनका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :