सिन्धुलीमा १२९ औँ माओ दिवस र किसानको प्रथम जिल्ला भेला सम्पन्न

सिन्धुलीमा १२९ औँ माओ दिवस र किसानको प्रथम जिल्ला भेला सम्पन्न

अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको अभियानको क्रममा सिन्धुली जिल्लाको भेला र १२९ औँ माओ दिवस कमलामाइ नगरपालिका १४ मा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता गोपाल ब्लोन र प्रमुख अतिथि नेकपा सिन्धुली जिल्ला विशेष कमिटी सदस्य शशी राई र अतिथिमा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, सचिव दावा हेल्मो लामा प्रेम तितुङ, केन्द्रीय सदस्य श्याम घिमिरे, ल्वङ्सिङ तमाङ, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा लगायत रहेका थिए । कार्यक्रमको संचालन मिम बहादुर ऐडी र स्वागत मन्तव्य रामु कार्कीले राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शशी राईले माओ दिवस र नेकपा अवधारणा र किसानका बारेमा प्रशिक्षित गरेका थिए । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरि श्रेष्ठले किसानका समस्या किसानका आगामी योजना र संगठनमाथि प्रष्ट पारेका थिए ।

त्यसैगरी अखिल नेपाल महिला क्रान्तिकारीकी केन्द्रीय सदस्य पबित्राले महिलाको समसामयिक विषय मा उल्लेख गरिन् । कार्यक्रममा ल्वाङसिङ तामाङको नेतृत्वमा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको ११ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :