राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध जिल्ला प्रशासन गेट अगाडि कोणसभा

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध जिल्ला प्रशासन गेट अगाडि कोणसभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै जिल्ला प्रशासन अगाडि कोणसभा सम्पन्न गरेको छ ।

उक्त दलहरूले राष्ट्रघाती एमसीसी सम्झौता तुरुन्तै जहाँबाट प्रस्ताव आयो जस्ताको तेस्तै फिर्ता गर्नुपर्ने समेत बताए । उनीहरूले एमसीसी सम्झौताका बुँदाहरू हेर्दा अमेरिकाले अमेरिकी सत्ता चलाउने प्रावधान रहेको छ । जसले गर्दा नेपाली स्वाभिमानी सत्तामाथि नै हस्तक्षेप हुने बताए, त्यसकारण नेपाली केही दल र सत्तासीन नेतृत्वहरूले अमेरिकी दलाल बनेर देश बेच्न समेत तल्लीन भएको आरोप लगाएका छन् ।

एमसीसी सम्झौता राष्ट्रघाती भएको हुँदा बाध्य भएर सडकमा आउनु परेको बताउँदै पुर्खाले लडेर बनाएको मुलुक आँफूहरूले यसै बेच्न नदिने बरु जस्तोसुकै बलिदानि गरेर भएपनि रक्षा गर्न अग्रसर हुने नेताहरुले बताए । साथै पाल्पास्थित एमसीएको क्षेत्रीय कार्यालय हटाउनसमेत माग गरेका छन् ।

उक्त कोण सभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव भुवन जिसि, राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष विशाल दर्लामी, नेकपा क्रान्तिकारी माओवादीका लिला श्रेष्ठ, नेकपा मालेका धनराज पौडेलले सम्बोधन गरेका थिए भने युवक सङ्गठन नेपालका केन्द्रीय सदस्य कमल थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :