नेकपाका केन्द्रीय सदस्य पौडेल चितवनबाट गिरफ्तार

नेकपाका केन्द्रीय सदस्य पौडेल चितवनबाट गिरफ्तार

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध जिल्ला बन्द कार्यक्रमको नेतृत्व गरिरहेका नेकपाका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ ।

बन्दका क्रममा आन्दोलनमा सहभागी नेकपा नेता पौडेल, प्रकाशचन्द्र ढकाल, ओम डल्लाकोटी, राम सेढाईंका साथै प्रहरीले क्रान्तिकारी माओवादीका विकास सापकोटा, अशोक शर्मा, सुरेश गौतम, अम्बरबहादुर थापा, कृष्ण सुनार, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेकपा मालेका नेता ओम डल्लकोटीलगायत २० भन्दा बढी आन्दोलनकारीलाई गिरफ्तार गरेको छ ।

नेकपा सहित १३ वटा राजनीतिक दलहरूको आब्हानमा आज चितवन बन्द घोषणा गरिएको छ । चितवनका चोक चोकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सडकमा बन्दकर्ता देखिए पक्राउ गर्ने तयारीका साथ सडकमा प्रहरी परिचालन गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त सङ्घर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै चितवन बन्दको आब्हान् गरेको हो । आज संसदको बैठक आब्हान् गरिएको छ । आजै एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । सङ्घर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :