संयुक्त जनपत्रकारिता तालिम बुटवलमा सम्पन्न

संयुक्त जनपत्रकारिता तालिम बुटवलमा सम्पन्न

काठमाडौँ : जनपत्रकार सङ्गठन नेपाल कपिलवस्तु, रुपन्देही, अर्घाखाँचीको संयुक्त जनपत्रकारिता तालिम बुटवलमा सम्पन्न भएको छ ।

तालिमलाई समापन गर्दै नेकपा रुपन्देही सेक्रेटरी विश्वासले जनपत्रकारहरू जनमतसङ्ग्रहको पक्षमा जनमत निर्माण गर्न कलम शसक्त बनाउनुपर्ने बताए । उनले दलाल पुँजीवादी संसदीय व्यवस्थाले श्रमजीवी वर्गको विरुद्ध शोषणकारी राज्यसत्ता चलाएको भन्दै यसको विरुद्ध सञ्चार क्षेत्रबाट कलमको माध्यमबाट खबरदारी गर्नुपर्ने बताए । दलाल राज्यसत्ताले बिग मिडियाहरूलाई जनतामाथि दमन गर्ने औजारको रुपमा प्रयोग गरिरहेको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने नेता विश्वासले बताए ।

तालिममा पत्रकार सेनानी एवम् वरिष्ठ लेखक दिल साहनीले पुँजीवादले पैदा गरेको सङ्कटका विरुद्ध पत्रकारहरूले श्रमजीवी वर्गको पक्षमा कलम चलाउनुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रमा आफूले गरेको लामोसमयको अनुभवबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पत्रकारहरू स्वयम् सङ्घर्षमा भाग लिएर रिपोर्ट गरेको भन्दै नेपालमा पनि श्रमजीवी वर्गसित एकाकार भएर रिपोर्टिङ गर्नुपर्ने बताए ।

समापन कार्यक्रममा नेकपा सैनामैना सेक्रेटरी बर्षा, अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष रुपा बुढामगरले प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना दिएका थिए । अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले प्रशिक्षार्थीहरूले राखेका बिषयमा प्रस्टिकरण दिएका थिए भने प्रशिक्षार्थीहरू कपिलवस्तुका अनिल थारु, रुपन्देहीका सावन राना र अर्घाखाँचीका नवीन खनालले तालिमबारे अनुभूति राखेका थिए ।

दुईदिनसम्म सञ्चालन भएको तालिममा रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका गरी २० जनाको प्रतिनिधिमूलक प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिममा नेकपा बुटवल उप–महानगरपालिका सेक्रेटरी बिरेन्द्र, अधिवक्ता एवम् लेखक ज्ञानु केसीको समेत सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको अध्यक्षता र प्रदेश सहसचिव विहानी मगरको सञ्चालनमा भएको थियो ।

तालिमको उद्घाटन नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले गरेका थिए भने अर्का केन्द्रीय सदस्य तथा कपिलवस्तु तथा अर्घाखाँची इन्चार्ज जुझारुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :