अखिल (क्रान्तिकारी) नवलपुर सांगठनिक अभियानमा

अखिल (क्रान्तिकारी) नवलपुर सांगठनिक अभियानमा

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुरले विद्यार्थी जागरण अभियान सञ्चालन गरेको छ । गण्डकी प्रदेशको विद्यार्थी जागरण अभियानको उद्घाटनसँगै उक्त सङ्गठन सांगठनिक अभियानमा होमिएको हो ।

जिल्लाको कावासोती नगरपालिका अन्तर्गतका विभिन्न कलेज तथा विद्यालयमा सङ्गठन निर्माणमा विद्यार्थी नेता, कार्यकर्ता जुटिरहेको र अभियानलाई जिल्लाभर उत्साहजनक रुपमा लैजाने उक्त सङ्गठनले जनाएको छ । जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादी शिक्षालाई केन्द्रविन्दुमा राख्दै वर्तमान संसदीय व्यवस्थाको विकृत रुप र यसले शिक्षामा पार्ने असरबारे विद्यार्थीलाई प्रशिक्षित गर्दै सङ्गठनमा जोड्ने नीति तय गरिएको बुझिएको छ । अन्जु सुनारको नेतृत्वमा ११ सदस्यीय र पुजा चौधरीको नेतृत्वमा ९ सदस्यीय मूल एकाई कमिटीसमेत गठन गरेको अखिल (क्रान्तिकारी) नवलपुर जिल्ला सङ्गठनले जनाएको छ ।

लुम्बिनी क्षेत्रीय समन्वय समितिमा रहेको उक्त जिल्ला हाल भने गण्डकी प्रदेशको संरचनमा गएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :