वैज्ञानिक समाजवाद र वर्गीय मुक्तिका लागि लडिरहने नेता यादवको दाबी

काठमाडौँ : प्रगतिशील मोर्चा नेपालका संयोजक सुजन यादवले वैज्ञानिक समाजवाद र वर्गीय मुक्तिका लागि लडिरहने बताएका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।

विज्ञप्तिमा यादवले भनेका छन्, ‘महान् जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा विभिन्न प्रगतिशील आन्दोलनलाई रक्षा गर्दै मालेमावादको विचार र आस्थाप्रति मेरो पूर्ण प्रतिबद्धता छ । विभिन्न पत्रपत्रिकामा मेरो पार्टी प्रवेशका बारेमा आएको समाचार पूर्णतया कपोलकल्पित भएको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :