नेकपा दैलेखद्वारा राकम कर्णाली बजारमा जनससभा सम्पन्न

नेकपा दैलेखद्वारा राकम कर्णाली बजारमा जनससभा सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले आइतबार वैज्ञानिक समाजवादको लागि जनमतसङ्ग्रह र जनसम्बन्ध सुदृढ अभियान अन्तरगत जिल्लाको पश्चिम पर्ने राकम कर्णाली बजारमा एक जनससभा कार्यक्रम सम्पन्न गरेको छ ।

जनसभा कार्यक्रमका प्रमुख अतिथि जिल्ला सेक्रेटरी दिपेन्द्रले संसदवादी पार्टीहरू संसदीय निर्वाचन तयारीमा अगाडि बढेको बताउँदै प्रधानमन्त्री, मन्त्री, माननीय अध्यक्षका लागि गरिने संसदीय निर्वाचनले देश र जनताका समस्या समाधान नहुने भएकाले दलाल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाबारे जनमतसङ्ग्रहमार्फत जनतालाई व्यवस्था चुन्ने अधिकार दिनुपर्ने कुरामा जोड दिए । उनले वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सबै समस्या समाधान हुने कुरा उल्लेख गरे । दलाल संसदीय पार्टीहरू राष्ट्रघाती एमसीसी संसदबाट पास गर्न लागिरहेको कुरा बताउँदै देशभक्त जनताहरू सडकमा आएर एमसीसीबिरुद्ध आन्दोलन गर्न आवश्यक रहेको उनले बताए ।

आठविस नगर समिति इन्चार्ज प्रकाश, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य सुद्रसन र युवा संगठन नेपाल केन्द्रीय समिति सदस्य गोबिन्दले पनि कार्यक्रममा मन्तव्य राखेका थिए । आठविस नगर समिति सेक्रेटरी लोगराजको अध्यक्षता, बमबहादुर सिजापतिको सञ्चालनमा भएको कार्यक्रममा सन्दीपले स्वागत भाषण गरेका थिए भने प्रभात स्मृति जनसाँस्कृतिक परिवारका कलाकारहरूले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :