महासचिव विप्लवलाई उदयपुरको कटारीमा स्वागत

महासचिव विप्लवलाई उदयपुरको कटारीमा स्वागत

उदयपुर: पूर्वी नेपालमा भेटघाट तथा छलफलमा रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सहितका केन्द्रीय नेताहरूलाई पार्टीका नेताकार्यकर्ता तथा सहिद परिवार, बुद्धिजीवि, व्यापारी, शिक्षक लगायतका टोलीले उदयपुरको कटारी नगरपालिमा भव्य स्वागत गरेका छन् ।

उदयपुरबासिलाई धन्यवाद दिदै महासचिव विप्लवले उदयपुरमा हिजो जनयुद्धमा थुप्रै यहाँका नेताकार्यकर्ताले योगदान गरेको र यहाँका जनताले साथ दिएको बताए । अबको दिनमा पनि सम्पूर्ण उदयपुरबासी लगातय सम्पूर्ण नेपाली जनतालाई एकीकृत जनक्रान्तिको बाटोमा सहयोग गर्न अपिल गरे । देश अहिले दलाल भ्रष्टाचारी, विदेशी हस्ताक्षेपले गर्दा भुमरीमा मडारिरहेको बताउदै अबको बाटो भनेको एकीकृत जनक्रान्तिले मात्रै नेपाली जनताको गाँस, बाँस, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्ने र आफूहरुले कुनैपनि हालतमा नेपाली जनतालाई धोका नदिने पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :