युवा संगठन नेपाल २ नम्बर प्रदेश समितिको बैठक सम्पन्न

युवा संगठन नेपाल २ नम्बर प्रदेश समितिको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल २ नम्बर प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा केन्द्रीय सल्लाहकार सचिव चित्रबहादुर आले ‘पवन’ को प्रमुख अतिथ्या, संगठनका उपाध्यक्ष दिनेशको उपस्तिथि र संगठनका केन्द्रीय सचिवालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्ज बिचारमान थिङको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथि चित्रबहादुर आले ‘पवन’ ले युवाहरूलाई राजनैतिक तथा बैचारिक प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । संगठनका उपाध्यक्ष दिनेशले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तको लागि जनमतसङ्ग्रहमा जानुपर्ने र जनमतको तयारी बनाउन युवाहरूको मुख्य भूमिका रहेको बताए । उनले राष्ट्रघाती, जनघाती, भ्रष्टाचारी, कालोबजारी, मिटर ब्याजीहरूको पहिचान गर्दै संघर्षमा जान अपिल गरे ।

“जनमतसङ्ग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान” पौष ११ गते देशैभरी एक साथ केन्द्रिकृत तथा विकेन्द्रिकृत अभियान उद्घाटन हुँदैछ । अभियानको अवधिमा जिल्ला भेला तथा सम्मेलन हुन बाँकी जिल्लाहरूमा भेला सम्मेलन गर्ने वैठकले निर्णय गरेको छ । नगर तथा पालिकासम्म अनिवार्य संगठन निर्माण तथा सुदृढ गर्न निर्देशन गरिएको छ । अभियानमा वाल पेन्टटिङ तथा सिर्जनात्मक कार्यक्रम गर्दै अभियान सफल बनाउन अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :