केन्द्रीय जनपरिषद् नेपालद्वारा असौजी पुनप्रति श्रद्धाञ्जली

केन्द्रीय जनपरिषद् नेपालद्वारा असौजी पुनप्रति श्रद्धाञ्जली

काठमाडौँ : केन्द्रीय जनपरिषद् नेपालले महान् सहिद ज्वारकी आमा असौजी पुनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । जनपरिषद् नेपालका केन्द्रीय प्रमुख सन्तोष बुढामगरले सोमबार शोक वक्तव्यमार्फत महान् सहिद दिल कुमार पुन ‘ज्वार’ की ८६ बर्षे आमा थवाङ गाउँपालिका ४ थर्पू निवासी असौजी पुनको निधनले दुःखीत तुल्याएको भन्दै पुनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘दशबर्षे जनयुद्धका महान् सहिद क. दिल कुमार पुन ‘ज्वार’ की आमा थवाङ गाउँपालिका ४ थर्पु निवासी ८६ बर्षे असौजी पुनको आज बिहान ३ः०० बजे भएको निधनले हामीलाई दुःखीत तुल्याएको छ । आमा असौजी पुनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’ शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :