रुपन्देहीमा संयुक्त जनपत्रकारिता तालिम हुँदै

रुपन्देहीमा संयुक्त जनपत्रकारिता तालिम हुँदै

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो पूर्ण बैठक दाङको घोराहीमा महत्वपूर्ण निर्णय अनुसार जनपत्रकार सङ्गठन नेपालद्वारा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र गुल्मी जिल्लाको संयुक्त जनपत्रकारिता तालिम आइतबारदेखि रुपन्देहीमा शुरु भएको छ ।

तालिमको प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य कृतिले एकीकृत जनक्रान्तिको लक्ष्यमा जनपत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै सङ्गठनलाई अझ बलियो र सुदृढ बनाउन सुझाव दिएका छन् र पार्टीले उत्पीडित जनताको अवाज बुलन्द गर्न जरुरी रहेको दाबी गरे । उनले पार्टीको विचार दृष्टिकोण र कार्यदिशालाई पत्रकारिताका माध्यमबाट जनता माँझ लगेर समाजवादी जनमत निर्माण गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि जनपक्षीय कलम चलाउन जिम्मेवारी रहेको बताए ।

यसैगरी नेकपा केन्द्रीय सदस्य तथा अर्घाखाँची/कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले उत्पीडित जनताभित्र रहेको घटना र जनताको अवाज जनतासम्म पुर्याउन जनपक्षीय कलम उठाउनुपर्ने आवश्यक रहेको छ, भने यो राष्ट्रघाती, दलाल समाजवादविरुद्ध कलम यस जनपत्रकार तालिमबाट पैदा हुने आशासमेत राखेका छन् । पीडित जनताको लुकेको अवाज उठाउन यो जनपक्षीय रुपमा पत्रकारिता गर्न आग्रहसमेत गरेका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य कृति, अतिथिहरूमा नेकपा केन्द्रीय सदस्य तथा अर्घाखाँची/कपिलवस्तु इन्चार्ज जुझारु, रुपन्देही जिल्ला इन्चार्ज विश्वास, सैनामैना इन्चार्ज बर्षा, अनेमा संघ क्रान्तिकारी केन्द्रीय सदस्य रेखा, प्रशिक्षक बिरेन्द्र बि.क. र २० जना प्रशिक्षार्थीको उपस्तिथि रहेको थियो ।

जनपत्रकार सङ्गठन नेपाल केन्द्रीय सदस्य अनिल नेपालीको अध्यक्षतामा रहेको उद्घाटन कार्यक्रमको सहजीकरण बिहानीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :