अखिल नेपाल शिक्षक संगठन प्यूठानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वैज्ञानिक शिक्षा प्रणाली अनिवार्य हुनुपर्नेमा सबैको जोड

अखिल नेपाल शिक्षक संगठन प्यूठानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्यूठानः नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानद्वारा जिल्ला स्तरीय बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न दलाल संसदीय शिक्षा प्रणालीको विकल्प वैज्ञानिक समाजवादी शिक्षा प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा नेपालको माटो सुहाउँदो, सर्बसुलभ, व्यवहारिक तथा वैज्ञानिक शिक्षा प्रणाली आजको अनिवार्य आवश्यकता रहेको सबैले जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय फ्रयाक्सन इन्चार्ज भेषराज भुसालले राज्यसत्ताको आधार परिवर्तन नगरी उपरिसंरचना परिवर्तन नहुने बताए । यसर्थ राज्यसत्ताको आधार र उपरिसंरचनामा परिवर्तन नगरेसम्म शिक्षामा आमूल परिवर्तन सम्भव नरहेको बताए । उनले शिक्षालाई नीजिकरण र व्यापारीकरण नगरी राज्यको दायित्व र जनताको अधिकारको रुपमा हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर खत्री जागृतिले वर्तमान शिक्षा प्रणाली हुँदाखानेको नभई हुनेखानेको पक्षमा रहेकोले शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रममा विभिन्न पेशागत संगठनका प्रमुखहरुले आफ्ना धारणा राखेका थिए । अखिल नेपाल शिक्षक संगठन प्यूठानका अध्यक्ष शिव बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य एलिना सेन र संचालन एगम सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :