कमरेड गोन्जालो र गोन्जालो विचार

लेखक : अनिल शर्मा

पेरूको केन्द्रीय सत्तामाथि अन्तिम प्रहारको तयारी गर्दै गर्दा सन् १९९२ मा कमरेड अभिमायल गुजमान (गोन्जालो गिरफ्तारीमा परेका थिए । कमरेडगोन्जालो गिरफ्तार भएपछि उहाँको जीवनरक्षार्थ विश्वभरिबाट आवाज बुलन्द भएको थियो र अन्तर्राष्ट्रिय आपत्कालीन समिति लिमा पुगेको बेला अमेरिकी संसद्ले गिरफ्तारीमा नेतृत्व गरेको पेरूभियाली सेनाको विशेष कार्यदल ‘ डिनकोट’ लाई बधाई दिएको थियो । अक्टोबर २० मा अमेरिकाका गृहप्रवक्ताले ‘मिस्टर गुजमान पश्चिमी गोलाद्र्धमा सबैभन्दा खतरनाक आतङ्ककारी आन्दोलनका नेताहुन् । जेका लागि उनलाई पक्राउ गरिएको थियो, त्यसप्रतिको कानुनी प्रक्रियामा हाम्रो कुनै टिप्पणी छैन’ भनेका थिए ।तर फुजिमोरी अमेरिकी कठपुतली सरकार थियो ।

अजेनियाली नेता स्टिब बिको, भारतका चारु मजुमदार, टर्कीका माओवादी नेता इब्राहिम क्यापक्काय, बङ्लादेशका माओवादी नेता सिराज सिक्दर, चीनकी चियाङचिङ र नेपालका कृष्णसेनलाई जेल—हिरासतमा हत्या गरिएको थियो । त्यसैगरी अमेरिकामा ‘ब्ल्याक प्यान्थर’ का नेता जर्ज ज्याक्सनलाई हिरासतबाट भाग्न खोजेको आरोप लगाएर गोली हानी हत्या गरियो । जसरी पञ्चायतीकालमा सुखानी र जनयुद्धकालमा सुरेश वाग्ले र भीमसेन पोख्रेलको हत्या गरिएकोथियोत्यसैगरी प्युरीतो रिको अलबिजु क्याम्पोलाई रेडियोधर्मी विस्फोट गराएर मारिएको थियो । क.गोन्जालोको पनि यसरी नै हत्या गरिन सक्ने आशङ्का गरिएको थियो । ११ सेप्टेम्बर २०२१ मा उपचार नगरेर सैन्य अस्पतालमा गोन्जालोको मृत्यु (यथार्थमा हत्या) घोषणा गरियो ।

गोन्जालोको सहादतपछि त्यसको तीव्र प्रतिक्रिया आएको छ । नेकपाका महासचिव विप्लवले ‘माओवादीको संश्लेषण र पेरूको सफलता उन्मुख जनयुद्धले विश्वका क्रान्तिकारीहरूलाई एकताबद्ध बन्न र क्रान्ति सञ्चालन गर्न ठूलो प्रेरणा र सहयोग गरेको थियो’ भनेका छन् । १९९२ सेप्टेम्बरमा गिरफ्तार भएका गोन्जालोको २०२१ सेप्टेम्बर ११ मा निधन भएको थियो ।

पेरूको अमेरिकी कठपुतली सरकारले क. गोन्जालोको समाचार केही महिना अगाडिदेखि चुहाएको थियो । २९ अगस्ट २०२१ मा भाकपा (माओवादी) का केद्रीय प्रवक्ता क.अभयले विज्ञप्ति जारी गर्दै ‘रगतले क्रान्तिलाई डुबाउँदैन, बरु सञ्चित गर्छ’ भनेका थिए ।छालाको अर्बुद रोगले थलिएका कमरेड गोन्जालोका सम्बन्धमा उक्त विज्ञप्तिमा भनिएको थियो, ‘परन्तु आजीवन काराबास र मृत्युदण्डले क्रान्तिलाई रोक्न सक्दैन । पेरू कम्युनिस्ट पार्टी र कमरेड गोन्जालेप्रति विश्वका जनताको अथाह समर्थनमार्फत यस सत्यलाई पुष्टि गरौँ ।’ विज्ञप्तिमा अझ अगाडि भनिएको छ ‘ अदालतको वैधतालाई गोन्जालोले अस्वीकार गरे । उनले ३ घन्टा ३० मिनेट बोलेर आफ्नो प्रतिरक्षा गरे र सरकारको आरोपको प्रतिवाद गरे ।’ गोन्जालोले अदालतमा भनेका थिए, ‘ हामी यहाँजनताका छोराछोरीका रूपमा छौँ । हामी मोर्चामा लडिरहेका छौँ । किनभने हामी कम्युनिस्ट हौँ । किनभने हामी यहाँ जनताको हित, पार्टीका सिद्धान्तहरू र जनताको युद्धको रक्षाका पक्षमा छौँ । हामी त्यही गरिरहेकाछौँ; जेहामी गर्दै थियौँ र यही गरिरहने छौँ ।’ सन् १९६० मा संशोधनवादका विरुद्ध विद्रोह गरेर पेरू कम्युनिस्ट पार्टी (साइनिङ पाथ) गठन गरेर जनयुद्ध सुरु गरेको पेकपाले सदरमुकाम लिमा कब्जा गर्ने तयारी गर्दै गर्दा नेतृत्वको सबै टोली बैठक स्थलबाट गिरफ्तार भएको थियो ।अध्यक्ष माओका योगदानहरूलाई‘माओवाद’ मान्ने पेरू पहिलो कम्युनिस्ट पार्टी हो । क. गोन्जालोचीनमा दर्शनशास्त्रको अध्ययन गरेर फर्केका थिए ।

माओको मृत्युपछि दर्शन र वर्गसङ्घर्षका क्षेत्रमा क.गोन्जालोको महत्वपूर्ण योगदान थियो । जनयुद्ध र सर्वहारा वर्गको सैनिक सिद्धान्तको विकास माओले गर्नुभएको महत्वपूर्ण योगदान भएको उहाँको निष्कर्ष थियो । संशोधनवादका विषयमा गोन्जालो भन्नुहुन्छ,‘मार्क्सवादको पूर्ण इन्कारीको घोषणा गर्दै संशोधनवादको उदय भयो । समकालीनसंशोधनवादले सधैँझैँ मार्क्सवादी दर्शनका विरुद्ध बुर्जुवा दर्शनलाई सट्टाभर्ना गर्ने उद्देश्य लिँदै राजनीतिक अर्थशास्त्रविरुद्ध खडा हुँदै, विशेष गरेर साम्राज्यवादको बढ्दो कङ्गालीकरण र अवश्यम्भाबी पतनलाई इन्कार गर्दै संसदीय जीर्णवाद र निस्तेजवादको ढोल पिट्दै वर्गसङ्घर्ष र क्रान्तिको विरोध गर्ने हेतुलेबडो जोस—जाँगरसाथ वैज्ञानिक समाजवादलाई मिथ्याकरण गरी बङ्ग्याउने कोसिस गर्दै नयाँ ढङ्गले उही पुरानो राग अलाप्ने गर्दछ (गोन्जालोका विचारहरू पृष्ठ १४) । नेतृत्वसम्बन्धी प्रश्नको जबाफमा गोन्जालो भन्नुहुन्छ,‘नेतृत्वलाई खार्नका लागि लामो समय, कठोर प्रयत्न र उत्साहपूर्वक सङ्घर्षको खाँचो पर्दछ । (उही पृष्ठ २२ ) । क.गोन्जालोले सन् १९६० मा गठित पार्टीको नेतृत्व र संशोधनवादका विरुद्ध आफ्नो विद्रोहको औचित्य पुष्टि गर्दै भन्नुभएको थियो,‘जब कुनै मानिस कुनै विचलनतर्फ गैरहेको, बाटो बिराइरहेको, अवसरवादको आहालमा जाकिइरहेको पार्टीमा छ भने पार्टीलाईसही बाटोमा ल्याउने प्रयत्न गर्नु उसको कर्तव्य हो र यो कर्तव्य पूरा नगर्नु एक राजनीति अपराध हो (उही पृष्ठ २९) । प्रतिक्रियावादी सत्तासँग गरिने वार्ता र सहमतिका सन्दर्भमा क. गोन्जालो भन्नुहुन्छ,‘वार्ताको दाउ त खालि जनयुद्धलाई पछिल्तिर धकेल्नु, यसको जरा उधिन्नु हो । यसको दाउ त्यसबाहेक अर्थोक हुँदै होइन र म जोड दिन्छु, सम्बन्ध र कूटनीतिक लेनदेनका निमित्त क्षण नआइसकेकाले यसको कुनै अर्थ छैन (उही पृष्ठ ८९) । वार्तासम्बन्धी अनुभवलाई हेरेर साम्राज्यवादलाई स्पष्ट सन्देश दिँदै उहाँ भन्नुहुन्छ,‘ उत्तरभियतनाम र दक्षिणी भियतनाम चाहन्नौँ । हामी उत्तरकोरिया र दक्षिणकोरिया चाहन्नौँ, (पृष्ठ ९० उही) ।’ यो इतिहासका अनुभवहरूको स्पष्ट दृष्टिकोण र सन्देश हो । क्रान्तिकारीहरूले देशका सबै भूभागमा क्रान्तिको समान विस्तार गर्नुपर्छ । अन्यथा सिङ्गो देश गुम्ने समयमा साम्राज्यवादले देश विभाजन गर्ने प्रस्ताव राख्ने गर्दछ । त्यसपछि एकीकरणको नारा दिन्छ र पुनः पुँजीवादी सत्ता फर्काउँछ । जर्मनीमा त्यही भयो । कोरियमा त्यसै गर्न खोजिएको छ । क.गोन्जालोको वार्तासम्बन्धी नीति राजनीतिक र कूटनीतिक रूपले माओभन्दा पनि अग्रगामी र समयसापेक्ष देखिन्छ ।

मार्क्सवाद र संशोधनवादबीचको सङ्घर्षमा होची मिन्हले स्पष्ट अडान र पक्षधरता कायम गर्न नसकेको गोन्जालोको धारणा छ । त्यसैगरी सत्ताको प्रश्नमा गोन्जालो भन्नुहुन्छ,‘इतिहासमा कहिल्यै पनि एउटा वर्ग तत्कालै सत्तामा स्थिर भएको छैन । उसले त सत्ता हत्याएको छ र गुमाएको छ ।उसले फेरि सत्ता प्राप्त गरेको छर फेरि गुमाएको छ । आखिरमा ठूलाठूला सङ्घर्षहरू र प्रतिस्पर्धाहरूको बीचमामात्रै उसले सत्तालाई दरिलोसँग अँठ्याएर राख्न सकेको छ । (उही पृष्ठ ११९) ।’ आफ्नो गिरफ्तारी हुनुभन्दा अगाडि आफ्नो सुरक्षा चिन्ताप्रति टिप्पणी गर्दै क. गोन्जालोले भन्नुभएको थियो, ‘ यात्राको कुनै पनि बाङ्गोटिङ्गो बाटोमा जीवन धरापमा पर्न सक्छ । फेरि जीवनको प्रारम्भ हुन्छ र अन्त्य हुन्छ, अघिपछिको कुरा मात्रै हो (पृष्ठ १३३)।’ संयोग आफ्नो विषयमा यस्तो टिप्पणी गरेको केही महिनापछि नै गोन्जालो गिरफ्तारीमा पर्नुभयो । हामीलाई साहसिलो बनाउने, सुर्याइदिने कुरा त विचारधारा नै हो (उही पृष्ठ१३३) ।’ तपाईंलाईडरत्रास लाग्दैन भन्ने प्रश्नमा गोन्जालो भन्नुहुन्छ, ‘नेतृत्वमा जनसमुदायप्रति विश्वास र भरोसा भएन भने असुरक्षा महसुस गर्न थाल्छ ।’ माओवादले इतिहासका निर्माता जनताहुन्, क्रान्ति पार्टीले गर्छ, इतिहासको गति निश्चित नियमद्वारा सञ्चालित हुन्छ र इतिहासको धार क्रान्ति हो । त्यसो भएको हुनाले त्यही निर्णायक र अन्तिम प्रश्न होइन भनेपछि मृत्युदेखि डराउनुपर्ने कारण छैन । यो कुरा राम्रोसँग आत्मसात गरेको नेतामा डरत्रास हुदैन भन्ने गोन्जालोको धारणा छ ।त्यस सम्बन्धमा गोन्जालो भन्नुहुन्छ,‘त्यसपछि उसको डर बिलाएर जान्छ र उसमा सहिद बन्ने र अरू सहिदहरूसँग मिलेर जीवनको जग खडा गर्ने आनन्दको भावना मात्रै बाँकी रहन्छ । जुन जगमाथि कुनैदिन सारा धर्तीमाथि साम्यवाद चम्किन र देदिप्यमान हुन सकोस् (उही पृष्ठ १३४) ।’ आफ्नो यस्तो सारगर्भित विचारलाई कथनीर करनीमा गोन्जालोले सान्दार रूपले लागू गर्नुभयो र पेरिस कम्युनका महान् कम्युनार्डहरूको आदर्श स्थापित गर्नुभयो । यो आदर्शमय जीवन विचार र भावनाको महान् एकत्व बन्न गएकोछ ।

हरेक महान साहित्यको पृष्ठभागमा अथवा अन्तर्यमा महान् विचारक उभिएको हुन्छ । त्यसैले विचारकहरू साहित्य र कलाप्रति बेखबर हुँदैनन् । साहित्यका सन्दर्भमा कमरेड गोन्जालो भन्नुहुन्छ,‘मलाई साहित्य मन पर्छ तर राजनीतिले सधैँ नै मेरो मनलाईवशमा राख्छ । अनि साहित्यको गहिराइ भएको राजनीतिक अर्थ ठम्याउनतर्फ निर्देशित गर्छ । जे होस् हरेक महान् कलाकारको पछिल्तिर एकजना राजनीतिज्ञ लुकेको हुन्छ, त्यहाँ उसकै युगको मानिस रहेको हुन्छ जो वर्गसङ्घर्षमा लड्छ (उही पृष्ठ१३४) ।’ कमरेड गोन्जालो एकजना महान्क्रान्तिकारी र विचारक हुनुहुन्थ्यो । उहाँ गिरफ्तार हुनासाथ साम्राज्यवादको षड्यन्त्रमा उहाँलाई विवादमा ल्याइयो तर व्यवहाद्वारा उहाँले प्रदूषित हावालाई निषेध पार्नुभयो । यद्यपि उहाँको व्यक्तित्व र कृतित्वको यथोचित अन्वेषण र मननभएको छैन । अध्ययन अन्वेषण र गोन्जालोको बलिदानलाई आजका प्रतिरोध आन्दोलनको ऊर्जामा बदल्न आबश्यक छ । त्यसो गरेर नै गोन्जालोप्रति न्याय गर्न सकिन्छ । गोन्जालोप्रति सही धाराणा निर्माण गर्नु हाम्रो दायित्व र वर्गीय इमान नै हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :