दाङका विभिन्न ठाउँमा नेकपा निकट जवस/मोर्चाहरुको संयुक्त भेला सम्पन्न

दाङका विभिन्न ठाउँमा नेकपा निकट जवस/मोर्चाहरुको संयुक्त भेला सम्पन्न

घोराहीः दाङमा नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गिय संगठन/मोर्चाहरुको संयुक्त रुपमा नगर तथा पालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार दाङमा एक कार्यक्रमका बिच सो भेला सम्पन्न भएको हो ।
अखिल नेपाल शिक्षक संगठन तुलसीपुरको प्रथम नगर भेला सम्पन्न
नेकपा निकट अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगरको प्रथम भेला सम्पन्न भएको छ । भेलाले मेघराज घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी चिर्बाचित गरेको छ । जसको उपाध्यक्षमा विभिषण रोका , सचिवमा कमल शर्मा, सह– सचिवमा दिनेश डाँगी, कोषाध्यक्ष भेजु थापा लगायत निर्वाचित भएका छन् ।
मेघराज घिमिरेको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इञ्चार्ज शितलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा दाङका सेक्रेटरी प्रदीप वली, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य नारायण प्रसाद भण्डारी, अखिल नेपाल शिक्षक संगठनका जिल्ल संयोजक डिल्लीराज डिसी, युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक योगी, नेकपा तुलसीपुर नगर इञ्चार्ज विकासलगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक संगठन नेपालका दाङ जिल्ला सदस्य घनश्याम आचार्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य लिलाधर विकले गरेका थिए ।

शान्तिनगरमा पालिकास्तरिय संयुक्त भेला, विभिन्न पार्टी परित्याग गरि ४३ जना नेकपामा प्रवेश
त्यसैगरी नेकपा निकट शान्तिनगर गाउँपालिकामा पालिकास्तरिय संयुक्त भेला सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबीच महिला, मगर, श्रमिक र किसान संगठनको संयुक्त रुपमा भेला सम्पन्न भएको हो ।
भेलाले अखिल नेपाल महिला संघ क्रान्तिकारीमा रिमाको अध्यक्षतामा १३ सदस्यीय कमिटी, मगर मुक्ति मोर्चामा रामबहादुर सिजालीको अध्यक्षतामा ७ सदस्यीय कमिटी, श्रमिक समुदायमा अम्मर विकको अध्यक्षतामा ९ सदस्यीय कमिटी र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीमा धनिराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्बाचित गरेको हो ।
सुरेशको अध्यक्षता एवं नेकपा घोराही नगर इञ्चार्ज निर्मलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भेलामा विभिन्न पार्टी परित्याग गरी ४३ जनाले नेकपामा प्रवेश गरेको नेकपा शान्तिनगरले जनाएको छ ।

बबईमा पालिकास्तरिय संयुक्त भेला सम्पन्न
नेकपा निकट बबई गाउँपालिकामा पालिका स्तरिय जसव/मोर्चाहरुको संयुक्त भेला सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबीच सो भेला सम्पन्न भएको हो ।
भेलाले अखिल नेपाल महिला संगठन क्रान्तिकारीमा मोती केसीको अध्यक्षतामा ११ सदस्ययी कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बेलमति खत्री, सचिवमा रिमा घर्ती, सह–सचिवमा दिपा राणा, कोषाध्यक्षमा लालमति खड्का लगायत निर्वाचित भएका हुन् ।
भेलाले मगर मुक्त मोर्चा नेपालमा दुर्गा घर्ती मगरको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । जसको कोषाध्यक्षमा कल्पना बुढामगर, सचिवमा लिलाधर पुन मगर, सह–सचिवमा रमेश घर्तीमगर लगायत निर्वाचित भएका छन् ।

त्यसैगरी भेलाले श्रमिक समुदाय र्मार्चा नेपालमा निर्मल परियारको संयोजकत्वमा ७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । त्यस्तै भेलाले अखिल नेपाल किसान महासंघ क्रान्तिकारीमा भुवन संयोजकत्वमा ७ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

श्रमिक समुदाय दाङका सह–सचिव लोकबहादुर सुनारको सभापति एवं नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा उत्पादन विभाग प्रमुख किरणको प्रमुख आतिथ्यतामा, नेकपा बबइको इञ्चार्ज प्रतिरोध, नेकपा दाङ जिल्ला सदस्य तथा राजपुर गाउँपालिकाको इञ्चार्ज निमबहादुर डाँगी, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज बिरेन्द्र, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी दाङ जिल्ला संयोजक पोषण, मगर मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सिवेन्द्र, मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा सहिद परिवार मालती, नेकपा दाङ विशेष कमिटी सदस्य हिकमत र दिलबहादुर, नेकपा बबई गाउँपालिका ४ वडाका सेक्रेटरी तारा वली, ६ नं. वडा सेक्रेटरी दोवाराम वली लगायतको आतिथ्यता रहेको थियो ।
युवा संगठन नेपाल बवई गाउँपालिका संयोजक कमलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण मगर मुक्ति मोर्चा दाङ जिल्ला सचिव उज्ज्वलले गरेका थिए ।

गढवामा नेकपा निकट जवस/मोर्चाहरुको संयुक्त भेला सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरुको गढवा गाउँपालिका स्तरीय संयुक्त गाउँपालिका भेला सम्पन्न भएको छ ।
पार्टी निकट अखिल नेपाल किसान संगठन क्रान्तिकारी र अखिल महिला संगठन क्रान्तिकारी महासंघ नेपाल कम्युनिस्ट पार्टी गढवा गाउँ कमिटीको आयोजनामा भेला सम्पन्न भएको छ ।
भेलाले अखिल नेपाल महिला संगठन क्रान्तिकारीमा कमलाको अध्यक्षतामा ११ सदस्यीय गढवा कमिटी चयन गरेको छ । जसको कोषध्यक्षमा विस्नी कुमाल, सचिवमा सुनिता चौधरीलाई चयन गरिएको छ ।

यस्तै भेलाले अखिल नेपाल किसान संगठन क्रान्तिकारी खुसी राम यादवको अध्यक्षतामा ११ सदस्यीय गठन गरेको छ । जसको कोषध्यक्ष्मा राम लाल यादव, सचिवमा मान बहादुर पुरीलाई चयन गरिएको नेकपा गढवा गाउँ कमिटीले जनाएको छ ।

कमलाको अध्यक्षता एवं नेकपा दाङका विशेष कमिटी सदस्य विक्रमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा दाङ जिल्ला लमही नगर इन्चार्ज जनक, नेकपा गढवा गाउँपलिका इन्चार्ज महान, नेकपा मधेसी मुक्तिमोर्चा जिल्ला सम्योजक सुर्य, नेकपा पार्टी जिल्ला सल्लाहकार तथा किसान जिल्ला सदस्य भिम, जिल्ला सदस्य तथा वडा इन्चार्ज मान बहादुर, श्रमिक समुदाय मोर्चा जिल्ला कोषाध्यक्ष केशर र जनपत्रकार संगठन जिल्ला सदस्य श्रवण कुमार यादव लगायतको आतिथ्यता रहेको थियो । खुसीरामको स्वागत मन्तव्यबाट सुरु भएकोे कार्यक्रमको सहजीकरण पदमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :