महंगी भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सामना जनसंगित अभियान म्याग्दीमा भव्य रूपले सम्पन्न

महंगी भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सामना जनसंगित अभियान म्याग्दीमा भव्य रूपले सम्पन्न

यही मंसिर १२ गते बेनि नगरपालिका वडा नं.२ बगर फाँटबाट सुरु भएको महंगी भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सामना जनसंगित अभियान म्याग्दीमा शनिबार भव्य रूपले सम्पन्न भएको छ ।

बेनी नगरपालिका वडा नम्बर ५ पुरुण्डीमा सम्पन्न भएको अभियानको क्रममा सामना परिवारले बेनी नगरपालिका वडा २ बगरफाँट, बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौर , बेनी नगरपालिका वडा नम्बर २ भकुण्डे , बेनी नगरपालिका वडा नम्बर ४ तातोपानी, बेनी नगरपालिका वडा नम्बर ५ भिरमुनि,बेनी नगरपालिका वडा नम्बर ५ पुरुण्डे, मंगला गाउँपालिका २ बाबियाचौर, मंगला गाउँपालिका वडा नम्बर ५ अर्मन मालिका गाउँपालिका ६ दरबाङ्ग, मालिका गाउँपालिका वडा २ रुम, मालिका गाउँपालिका नम्बर १ निस्कोटमा कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रम हजारौं जनसमुदाय बिचमा महंगी, भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सामना परिवारले विभिन्न प्रस्तुतिमार्फत जनचेतना जागएका थियो । अभियानले जनसम्पर्क, जनसम्बन्ध सुदृढ गरेको छ । अभियानको नेतृत्व केन्द्रीय सदस्य म्याग्दी इन्चार्ज विप्लवले गरेका थिए । अभियानमा म्याग्दी पार्टी जिल्लाका सेक्रेटरी सुशिला, केन्द्रीय सामना परिवार १४ जना कलाकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :