जनपत्रकार सङ्गठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

जनपत्रकार सङ्गठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

धनगढी : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले एकीकृत जनक्रान्तिको लक्ष्यमा जनपत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै सङ्गठनलाई अझ बलियो र सुदृढ बनाउन सुझाव दिएका छन् । उनले पार्टीको विचार दृष्टिकोण र कार्यदिशालाई पत्रकारिताका माध्यमबाट जनता माँझ लगेर समाजवादी जनमत निर्माण गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

बैठकले मुख्यगरी आगामी माघ ११, १२ र १३ गते बुटवलमा हुने सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न घनीभूत रूपले तयारीमा जुट्न सबै जिल्लाहरूलाई निर्दिष्ट गरेको छ । प्रदेसभित्रका बाँकी रहेका जिल्लाहरूमा भेला र सम्मेलन गरी सक्ने, पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसङ्गतिका विरुद्ध सशक्त रुपमा सङ्घर्ष गर्ने, प्रदेश मन्त्रालय, जिल्ला पत्रकार महासङ्घमा ज्ञापन पत्र बुझाउने लगायतका निर्णयहरू गरेको छ ।

पार्टी केन्द्रीय सदस्य महानको प्रमुख आतिथ्यतामा अतिथि विशेष कमिटी सदस्यहरू विमल धामी र विनोद विष्ट, प्रदेश अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा र प्रदेश सदस्यहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :