सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेलाई छाडिन्न : विप्लव

सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेलाई छाडिन्न : विप्लव

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिद परिवारबिरुद्ध घेराबन्दी गर्नेहरूलाई नछाड्ने बताएका छन् । बुधबार इलाम जिल्ला कार्यालयमा सहिद परिवारहरूसँग भएको भेटघाटमा उक्त कुरा बताएका हुन् । सहिद परिवारको तर्फबाट कुरा राख्ने सहिद परिवारहरूले यतिबेला समाजमा सहिद परिवारलाई हेप्ने र घेराबन्दीमा पारेर दुःख दिन थालेको बताएका थिए ।

सहिद परिवारलाई सम्बोधन गर्दै विप्लवले भने, “सहिद परिवारलाई दुःख दिएर जनतालाई निरास पार्ने षड्यन्त्र भइरहेको छ, यो क्रान्तिबिरुद्ध छ । हामी सहिद परिवारबिरुद्ध लाग्ने जो सुकै होस् छाड्ने छैनौँ ।’ सोही क्रममा उनले हामी सहिद परिवारसँग दुःख बाँड्न सधैँ तयार छौँ, हामीले सक्ने सहयोग गर्न हरदम तयार रहेको बताए । महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापना गरेर मात्र सहिदको सपना साकार पार्न सकिने भएको हुनाले सबै सहिद परिवारहरू आ–आफ्ना आफन्तहरूको सपनाप्रति इमान्दार बनेर क्रान्तिलाई सहयोग गर्न अपिलसमेत गरे ।

बिहान १० बजे इलाम पुगेका विप्लव स्थानीय जनताको घरमा खाना खाएपछि केहिबेर भेटघाट र छलफलमा सहभागी भएका थिए । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख महेन्द्रबहादुर श्रेष्ठसँग जनताकै घरमा भेटघाट भएको थियो । केही स्थानीय युवाहरूसँग समेत भेटघाट गरेका महासचिव विप्लवले इलाम कारागार पुगेर आस्थाका बन्दीहरूसँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :