अवैध रुपमा उत्खनन् गरिएका गिट्टी बालुवा युवा संगठन नेपाल बाँकेद्वारा कब्जा

अवैध रुपमा उत्खनन् गरिएका गिट्टी बालुवा युवा संगठन नेपाल बाँकेद्वारा कब्जा

बाँकेः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल बाँकेले जिल्लाको राप्ती नदी किनारका विभिन्न ठाउँमा अवैध रुपमा उत्खनन् गरि बिक्री हुँदै आएका ढुङगा, गिट्टी र बालुवा मंगलवार कब्जा गरेको घोषणा गरेको छ । उसले निकासी पैठारीमा समेत प्रतिबन्ध लगाएको छ ।

युवा संगठन नेपालले राप्ती नदी किनारको खल्लाटपरी, ढलैया र टिकुलीपुरमा क्रेसर व्यवसायीहरुले अवैध रुपमा नदी किनार छेउ र सामुदायिक वनमा जम्मा गरेका ढुङगा, गिट्टी र बालुवाहरु आफ्नो संगठनले कव्जा गरेको घोषणा गरेको हो ।
युवा संगठनका दर्जनौ युवाहरुले ती ठाउँहरुमा मार्चपास गर्दै “अवैध रुपमा भण्डारण गरि राखिएका गिट्टी र बालुवा जनताको सम्पति घोषणा गर” भन्ने नारा लेखिएको ब्यानर र झण्डा समेत गाँडेका छन् ।

युवा संगठन नेपालले ढुङगा, गिट्टी र बालुवा भण्डारण गरिएको ठाँउ कव्जामा लिएलगत्तै एक प्रेस विज्ञप्ती जारी गरि सत्ता र शक्तिको आडमा ढुङगा, गिट्टी र बालुवा तस्करी भएको दावी गरेको छ ।

उसले राप्ती सोनारी गाउँपालिकाको वडा नम्वर ६ खल्लाटपरी, ढलैया र वडा नम्वर २ को टिकुलीपुर सामुदायिक वनभित्र करोडौको वनपैदावर मासी अवैध रुपमा करोडौ मुल्य पर्ने हजारौं ट्रिपर ढुङगा, गिट्टी र बालुवा रहेको भन्दै त्यो जनताको सम्पति घोषणा गर्नका लािग कव्जा गरिएको जनाएको छ ।

संगठनका जिल्ला अध्यक्ष तथा इन्चार्ज दिपक बुुढाको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा पटकपटक जिल्लाका सरोकारवाला जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्दा पनि कुनैपनि निकायहरुले चासो नदिएकोले कव्जा गर्न बाध्य हुनु परेको उल्लेख गरिएको छ ।
युवा संगठनले विज्ञप्तीको अन्त्यमा जनताको सम्पतिको रुपमा रहेको ढुङगा, गिट्टी र बालुवा यदि कसैले चोरी निकासी गरेमा जनताको अभिमतसहित आवश्यक कार्वाही गरिने चेतावनी दिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ-

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :