नेकपा रूपन्देहीद्वारा सङ्गठन विस्तार अभियानको उद्घाटन

नेकपा रूपन्देहीद्वारा सङ्गठन विस्तार अभियानको उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको १ नं. कमाण्ड अन्तर्गत सङ्गठन विस्तार अभियानको उद्घाटन सुरु भएको छ । मङ्गलबार अभियानको उद्घाटन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले अभियानलाई जनताका बीचमा पुर्याएर जनमतसङ्ग्रहको कार्यनीतिबारे प्रशिक्षित गर्नुपर्ने बताएका छन् ।

इन्चार्ज कृतिले दलाल संसदीय व्यवस्थाले श्रमिक जनताको समस्याको समाधान नगर्ने बताउँदै यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था भएको बताए । उनले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र वास्तविक शान्ति, समानता, स्वाधीनता र समृद्धि हुने बताउँदै यसका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिविरुद्ध गलत प्रचार गरिएको बताउँदै इन्चार्ज कृतिले सरकारले यसको कार्यान्वयन इमान्दारितापूर्वक गर्नुपर्ने बताए । उनले पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै सम्पूर्ण देशभक्त क्रान्तिकारीहरूलाई गोलबन्द गर्नुपर्ने बताए ।

रूपन्देही जिल्लामा नेकपाले ३ वटा कमाण्ड बनाएर अभियान सञ्चालन गर्ने बताएको छ । अभियान मङ्सिर र पुष महिना चल्ने जिल्ला सेक्रेटरी विश्वासले बताएका छन् । अभियान उद्घाटनको अध्यक्षता बुटवल नगर सेक्रेटरी बिरेन्द्रले र सञ्चालन जिल्ला सदस्य एनबी शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :