नवलपुरका विभिन्न ठाउँमा नेकपाद्वारा दीप प्रज्वलन

नवलपुरका विभिन्न ठाउँमा नेकपाद्वारा दीप प्रज्वलन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाको कावासोती, देवचुली र गैँडाकोटमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला पार्टी तहका नेता कार्यकर्ता, युवा, विद्यार्थी तथा स्थानीय जनसमुदायको बीचमा शुभकामना आदानप्रदान सहित विभिन्न नारा लगाउँदै दीप बालेर कार्यक्रम सम्पन्न भएको थियो ।

दिउँसो कावासोतीमा विभिन्न राजनीतिक दललाई निमन्त्रणा गरेरसमेत शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :